दैलेखको नौमुले गाँउपालिकाको काम गर्न सुनसरीकी महिलालाई फोन

दैलेखको नौमुले गाउँपालिकाका कारण सुनसरीकि महिला हैरान बनेकि छिन । गाउपालिका अध्यक्ष भदे बुढालाई फोन गर्दा स्थानीयलाई त दुख छदै छ । तर ति महिलालाई भने दैनिक समस्या हुने गरेको छ । गाउँपालिकाको वेभसाइटमा राखिएको अध्यक्षको फोन नम्बर ९८१५४४३६६६ मा फोन लगाउँदा सधै ति महिलाले उठाउने गरेकी छिन् । यसबारेमा ठूलै चर्चा हुन थालेपछि गाउँपालिकामा बुझ्दा अध्यक्षको फोन नम्बर ९८१५४४३६६६ हुनु पर्नेमा अन्यथा भएको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले पनि त्रुटि भएको स्वीकार गरे । तर गाउँपालिकाले गल्ति स्वीकार गरे पनि फोन नम्बर भने परिवर्तन गरेको छैन । ‘अध्यक्षज्यूलाई फोन दिनुस् भन्दै दिनहु १०–१५ वटा फोन आउँछ’ पीडित महिलालेगुनासो गरिन, यसबारे गाउँपालिकामा गुनासो गर्दा पनि कुनै सुनुवाई भएन ।’

Related posts

Leave a Comment