पिकअप भ्यानको ठक्करले साइकल यात्रीको मृत्यु

सप्तरी

पिकअप भ्यानको ठक्करले बुधबार एक साइकल यात्रीको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका ३ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १९ च १४२४ नम्बरको पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ४० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति ११ बजे पिकअप भ्यानको ठक्करले गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा मृत्यु भएको एसपी मुकेशकुमार सिंहले बताए ।

पिकअप भ्यान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

Related posts

Leave a Comment