कांग्रेसमा गुटको असर बढ्दो, सिटौला समूहमा हलचल

नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् । आतंरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरुले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ । पार्टिभित्र एक नेताले अर्कोलाई निरीह र आफुलाई शक्तिशाली देखाउन गुट समहु बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नेताहरुले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३ औँ महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समुहमा हलचल आएको छ । (नागरिक)

Related posts

Leave a Comment