चुरोट पिउँदै तास खेल्दै गरेका राखेपका अधिकृतले गरे पत्रकारमाथि हातपात (भिडियो सहित)

विमल खड्का/नवराज श्रेष्ठ

समाचार सङ्कलनका लागि गएका पत्रकार कुटिए

काठमाण्डौको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा दुई पत्रकार कुटिएका छन् । समाचार सङ्कलनका लागि परिषद्को कार्यालयमा गएका टिभी अन्नपूर्णका रिर्पोटर बिमल खड्का र क्यामेरामेन नवराज श्रेष्ठलाई लाई शाखा अधिकृतले कोठा भित्रै थुनेर कुटपिट गरेका हुन् । कार्यालय कक्ष भित्रै चुरोट पिईरहेका अधिकृत लाई  चुरोट खाएको अवस्थामा फेला परे पछि त्यसको बारेमा जिज्ञासा राख्दा उनले दुब्यवहार गरेका हुन् ।सरकारी कार्यालयको कोठा भित्रै चुरोट तानिरहेका पुर्वधार पुर्ननिमार्ण तथा मर्मत शाखाका अधिकृत अरुण उपाध्यायले पत्रकारलाई छुट्टा छुटै राखेर कुटेका हुन् । मङ्गलवार समाचार सङ्कलनका लागि त्रिपुरेश्वर पुगेका रिर्पोटरहरुलाई उनी लगायतका तीन जनाको समूहले यस्तो दुब्यवहार गरेका हुन । कार्यालयकै सरकारी कुर्चीमा बसेका अधिकृतलाई चुरोट किन खानुभएको भन्ने प्रश्न पछि उपाध्याय पत्रकारमाथि आइलागेका हुन । सर्वसाधारण नागरिकलाई समेत सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गरेको अवस्थामा उनी कार्यालय भित्रै चुरोट खाँदै गरेको अवस्थामा रंगेहात समातिएका थिए ।

                             हेर्नुहोस्  Exclusive भिडियो

काम गर्नु पर्ने समयमा कर्मचारी तासमा मस्त

त्यसै राखेपकै अर्को शाखाका एक कर्मचारीले कार्यालयमा काम गर्नु पर्ने समयमा कम्प्युटरमा तास खेलेर बसेको भेटिएको छ । टिभी अन्नपूर्णको टोली त्याँहा पुग्ने बित्तिकै डरले हत्तनपत्त तास मिनिमाईज गरेका थिए तर हाम्रो क्यामेराले त्यो दृश्य पनि कैद गरिसकेको थियो । रंगेहात पक्रिएपछि उनले पुन उनी तास खेल्दै गरेको पुरै दृश्य खोलेर देखाए ।

एकै दिन ७९ जना गयल

यसै गरी एकै दिन ७९ जना कर्मचारी कार्यालयमा अनुपस्थित  रहेको पार्ईएको छ ।कार्यालय भित्र जाँदा प्रत्येक कोठामा आधा भन्दा कम मात्रै कर्मचारी भेटिएको थियो कार्यालय पुग्दा दिउँसोको साढे तीन बजेको थियो । त्यहाँ कार्यरत कर्मचारी लाई अन्य कर्मचारीको बारेमा सोध्दा अधिकांश आफ्नो घरायसी काममा गएको त कोही हस्पिटल गएको खुलासा गरे । केही कर्मचारीहरू चाहिँ बिहान खाना नखाई कार्यालय आएकोले खाना खान गएको कुरा बताए । पाँच जना कर्मचारी भएको शाखामा मुस्किलले २ जना नभए १ जना मात्रै कर्मचारी रहेका थिए भने कुनै शाखामा त एक जना पनि कर्मचारी कुर्सीमा रहेका थिएनन् कार्यालयको अधिकांश कुर्सीहरू खालि थिए भने कार्यालय प्राय सुनसान थियो ।यस विषयमा कर्मचारी प्रशासनको बिभागिय प्रमुख सँग कुरा बुभदा जम्मा आज उपस्थित १९५ कर्मचारी रहेको ७९ जना गयल रहेको र ६ जना बिदामा बसेको र ४१ जना काजमा गएको बताए ।

कार्यालयमा इलेक्ट्रोनिक हाजिरी अनुसारको कम्प्युटर विवरणले एकै दिन ७९ जना कर्मचारी अनुपस्थित रहँदा पनि बिभागिय प्रमुख भने उनीहरूकै संरक्षणमा लागिपार्दै थिए। त्यसमा पनि एक सय भन्दा बढी कर्मचारी बिहान टुडीखेलमा कार्यक्रम थिए सोही भएर कर्मचारी हरू बिहानै आएर १० बजे तिरै घर गएको जवाफ देखिएको छ । यसरी हेर्दा जनताको करबाट पारिश्रमिक खाँदै आएका त्यत्रो धेरै कर्मचारी हरू बिहान १० बजे कार्यालयमा गएर जनताको कार्य गर्नुपर्ने समयमा घर तिर लागेको देखिएको छ ।

हाकिमनै लागे कर्मचारीको संरक्षणमा

यसरी हेर्दा राखेप भित्र रहेको कर्मचारी तन्त्रको नाङ्गो तस्बिर बाहिर आएको छ । न कर्मचारी काम प्रति उत्तरदायी छन् न त कार्यालय प्रतिनै । यसरी हेर्दा पुरै राखेप भित्र कर्मचारीहरूको हाली मुहाली भएको भेटिएको छ । अधिकांश अधिकृत हर्नै कर्मचारीको संरक्षणमा लागेको पाइएको छ । यसरी हेर्दा बिभागिय नेतृत्वको असक्षमता देखिएको प्रस्ट हुन्छ । यस विषयमा राखेपका सदस्य सचिव केशव कुमार विष्ट सँग जिज्ञासा राख्दा कार्यालयमा चुरोटपिउने तास खेल्ने कार्य सरासर गैह्रकानुनी हो त्यस्ता कर्मचारीलाई तत्काल विभागिय कारबाही गर्ने बताए । तत्काल हामी स्पष्टीकरण सोध्छौँ । त्यस पछि कानुन अनुसार कारबाही गर्ने बताएका छन्।

Related posts

Leave a Comment