चिनियाँ जहाज चलाउन चीनमै प्रशिक्षण

नेपाल वायु सेवा निगमले चिनियाँ जहाज चलाउनका लागी एक पाइलटसहित तीन जना सहपाइलटलाई उडानमा प्रशिक्षण दिने भएको छ । जहाज चलाउन सिकाउनका लागी उनीहरूलाई छिमेकी देश चीन पठाउने तयारी गरिरहेको जनाएको छ । चीन सरकारकै अनुदान र सहुलियत ऋणमा नेपाल ल्याइएका जहाज झण्डै डेढ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्काएर राखीएका छन । अहिले ति जहाज उडाउनका लागी चार जना पाइलटलाई तालिम दिन लागिएको हो । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसारकारका अनुसार उनीहरू शुक्रबार साँझ चीनका लागि प्रस्थान गर्नेछन् । उनले भने, हामीले एक पाइलटसहित तीन सहपाइलटलाई प्रशिक्षण दिन लागेका हौँ, यसले जहाज ग्राउन्डेड भएर बस्नुपर्ने स्थिति हुँदैन’,। प्रशिक्षण लिन जानेमा वरिष्ठ क्याप्टेन उद्धव घिमिरेसहितको टोली रहेको छ । टोलीमा सहपाइलटहरू क्रमशः प्रचण्ड खड्का, विजय अवारे र राकेश काफ्ले रहेका छन् । क्याप्टेन घिमिरेका अनुसार दुई दिनको प्रशिक्षण लिएर उनीहरू नेपाल फर्कने कार्यक्रम रहेको छ । क्याप्टेन घिमिरेको उडान लाइसेन्स फेल हुँदा लामो समयदेखि उडान गर्न पाएका छैनन् । प्रत्येक ६ र ६ महिनामा लाइसेन्स नवीकरण (पिपिसी) गर्नुपर्ने भए तापनि घिमिरेको आठ महिना कटेको कारण लाइसेन्स नवीकरण फेल भएको थियो । उनको लाइसेन्स फेल हुँदा निगमका जहाज उडानमा थप समस्या परेको हो । यस्तो अवस्थामा घिमिरेले पुनः प्रशिक्षण लिएर मात्रै लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ । क्याप्टेन घिमिरेले भने, पहिले प्रशिक्षण लिएपछि नवीकरणको अरू काम गरिनेछ’,।

उत्साहाका साथ ल्याइएका चिनियाँ जहाज अझै निगमलाई भार
२०६९ सालमा बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले चीनबाट छवटा जहाज ल्याउने निर्णय गरेको थियो। त्यसैअनुरूप निगमले चीनबाट जहाज ल्याइसके पनि पाइलट अभाव र जहाजको प्राविधिक समस्याका कारण नियमित उडाउन नसक्दा निगमलाई ठूलो नोक्सान भइरहेको छ ।

कसरी गर्दै छ ६ चिनियाँ जहाजको व्यवस्थापन ?
नेपाल वायु सेवा निगमले ६ वटा जहाज नै उडान गर्ने गरी पाइलटहरू तय गर्न थाले पनि अहिलेसम्म दुईवटा जहाजले भने अनुमति पाएका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ६ मध्ये दुईको अनुमति ल्याउन बाँकी रहेको छ । तर कम्तीमा १५ दिनभित्र सबै प्रकिया पूरा गरी अनुमति ल्याउने र उडाउने तयारी निगमको छ ।

Related posts

Leave a Comment