नेपालले चुनाव सम्पन्न गरेकोमा चीनको बधाई

काठमाडौं । नेपालले तीनै तह प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा चीनले बधाई दिएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालले सबै चुनावहरु सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई ज्ञापन गरे ।

उनले आफूहरु नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताउँदै उनले भने ‘नेपालका राजनीतिक दलहरुले मिलेर काम गर्छन् र नयाँ सरकार गठन गर्छन् भन्ने आशा छ ।’ प्रवक्त सुहाङले नेपालमाा अब राजनीतिक स्थायीत्व र आर्थिक विकासको चरण सुरु हुने आशा पनि ब्यक्त गरेका छन् ।

Related posts

Leave a Comment