चेकको नेतृत्व अर्बपतिको हातमा, इस्लामिक प्रतिबन्धको संकेत

चेक गणतन्त्रमा सम्पन्न आमनिर्वाचनमा लोकप्रियतावादी अर्बपति उम्मेदवार एन्ड्रे बाबिसको दल विजयी भएको छ।
६३ वर्षीय बाबिस चेक गणतन्त्रकै दोस्रो ठूलो धनी व्यक्ति हुन्। युरोपेली संघप्रति शंका राख्ने बाबिसले संस्थापनविरुद्ध चुनावी अभियान चलाएका थिए।

सबै मत गणना भइसक्दा बाबिसको एएनओ पार्टीले करिब ३० प्रतिशत मत हासिल गरेको छ जुन प्रतिद्वन्द्वी दलले ल्याएको मतभन्दा तीन गुणा बढी हो।

मध्य दक्षिणपन्थी सिभिक डेमोक्रेट्स र पाइरेट्स पार्टीले दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।

समाचार संस्था एएफपीका अनुसार पाइरेट्स पार्टीले २२ सीटसहित पहिलो पटक संसद्‍मा प्रवेश पाउनेछ।
करिब ६१ प्रतिशत मतदाताले चुनावमा सहभागिता जनाएका थिए।अन्य दलसँग गठबन्धन गरेर बाबिस प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

यद्यपि चरम दक्षिणपन्थी फ्रीडम एण्ड डेमोक्रेसी वा कम्युनिष्ट पार्टीसँग सहकार्यु गर्न आफू तयार नरहेको बाबिसले बताएका छन्।

अनुमानित चार अर्ब डलर बराबरको सम्पत्तिका मालिक बाबिसले खानेकुराको उत्पादन र सञ्चारमाध्यम लगायतका क्षेत्रमा लगानी गरेको बताइन्छ।
यद्यपि धोकाधडी गरेको र कम्युनिष्ट शासनका बेला प्रहरीका लागि काम गरेको लगायतका उनीमाथि कैयौँ आरोप छन्।
उनले युरोपेली संघभित्र चेक गणतन्त्रलाई राखिराख्ने भए पनि एउटै मुद्रा चलाउने युरोजोन समूहमा नलाग्ने बताएका छन्।
खाद्य गुणस्तर र ुआप्रवासी समस्याको समाधानुका मुद्दामा परिवर्तन ल्याउन आफूले युरोपेली परिषद्‍मा प्रस्ताव लग्ने बाबिसको भनाई छ।

चरम दक्षिणपन्थी उक्त पार्टी चेक गणतन्त्रमा इस्लाममाथि प्रतिबन्ध लगाउन चाहन्छ। बिबिसी

Related posts

Leave a Comment