चार वर्षीय बालकले बलात्कार गरेको अनौठो तथ्य सार्वजनिक

दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन् तर भारतमा हालै चार वर्षीय बालकले बलात्कार गरेको अनौठो घटना प्रकाशमा आएको छ । दिल्लीको द्वारिका क्षेत्रमा एउटा प्रतिष्ठित विद्यालयमा अध्ययनरत चार वर्षीय बालकले आफ्नै सहपाठीलाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो ।

प्रहरीका अनुसार ४ वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने ४ वर्षीय बालकले बलात्कार गरेको उजुरी दायर भएको छ । १० नोभेम्बरमा स्कुलबाट घर फर्किएपछि ती बालिकाले आफ्नी आमालाई गुप्ताङ्गमा पीडा भएको बताएकी थिइन् । आमाले विस्तृत सोधखोज गरेपछि ती बालिकाले घटना विवरण सुनाएको बताइन्छ । प्रहरीले पीठित बालिकाको अभिभावकको उजुरी दर्ता गरेको छ ।

लगत्तै परिवारजनले बालिकालाई नजिकैको चिकित्सक समक्ष लगेका थिए । चिकित्सकले सामान्य उपचार गरेपछि एक निजी अस्पतालमा बालिकालाई निजी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराइएको परिवारजनको भनाइ छ । चिकित्सकले बालिकाको गुप्ताङ्ग असामान्य रहेको पुष्टि गरेको बताइन्छ । पीडित बालिका र आरोपी बालकको परिचय भने खुलाइएको छैन

Related posts

Leave a Comment