चैत्र १० गतेदेखि चौथो कटारी मेयर गोल्ड कप शुरू हुने

अभिमन्यु लामीछाने , उदयपुर । कटारी नगरपालिका र साथी समूह को संयोजनमा स्वास्थ, अनुशासन,राष्ट्रीय एकता र सद्भावको लागी चौथो कटारी मेयर गोल्डकप कटारीमा २०७४ चैत्र १० गतेदेखि हुने भएको छ । सोमवार कटारी गोल्डकप मुल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी कटारी चौथो मेयर गोल्डकप कप हुने जानकारी आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए । गोल्डकपमा राष्ट्रिय ए डिभिजनका टिम सहित ८ टिमले सहभागीता जनाउने भएको छ ।

गोल्डकपमा साहार क्वल पोखरा, गोर्खा रुपन्देही ,वनेपा ब्वाईज क्लव वनेपा , सरस्वती क्लव काठमाण्डौं ,झापा ११ झापा, चर्च ब्वाईज क्लव काठमाण्डौं,संकटा क्लव काठमाण्डौं र आयोजक टिम कटारी ११ ले समेत सहभागीता जनाउने आयोजक मुल समितिका अध्यक्ष कटुवालले जानकारी दिएका छन् । समितिका अध्यक्ष कटुवालका अनुसार चौथो मेयर गोल्डकपमा प्रथम टिमले नगर ५ लाख सहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दोसो हुने टिमले नगर २ लाख ५१ हजार सहित ट्रफि र प्रमाणपत्र पाउने छन् । साथै म्यान फदम्याच प्रत्येक दिन एक जनालाई घोषणा गरी नगद ५ हजार दिईने र उत्कृष्ट खेलाडीहरुलाई विभिन्न ब्राण्डका मोवाईलहरु प्रदान गरिने पनि कटुवालले जानकारी दिएका छन् ।

यसअघि प्रथम कटारी गोल्डकप आयोजना गर्दा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुन टिमलाई ५० हजार पुरस्कार दिईएको थियो । दोस्रो कटारी गोल्डकप भने पुरस्कार राशीमा वृद्धि गरेर प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार प्रदान गरिएको थियो । कटारीको खेलकुद मैदानमा हुने गोल्डकपमा १२ सय जना बस्न मिल्नेगरी बाँसका प्याराफिटहरु निमार्ण गरिने र बाहिरी भागमा बस्न मिल्ने गरी व्यवस्था मिलाउने आयोजक समितिका कोषध्यक्ष रोहित लामाले जानकारी दिए । दर्शहरुले क्वाटरफाईन सम्मको खेल प्याराफिटमा बसेर हेर्नका लागि एक सय कायम गरिएको छ भने साधारण टिकटको पचार कायम गरिएको छ । सोमिफाईनलको खेल प्याराफिटमा बसेर हेर्नका लागि १ सय ५० र साधारण टिकटको लागि ७५ कायम गरिएको छ ।

अन्तिम फाईनल खेल प्याराफिटमा हेर्नको लागि २ सय र साधारण १ सय टिकट दर कायम गरिएको मुल आयोजक समितिले जनाएको छ । कटारी नगरपालिका र साथीसमूहको संयोजनमा हुने चौथो गोल्डकपमा करिव ३२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Related posts

Leave a Comment