उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने

उत्तर कोरिया शीतकालीन ओलम्पिक खेलमा सहभागी हुने

सोल । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ । दुई कोरियाबीच मङ्गलबार दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले सो जानकारी गराएको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने भएको जनाएको हो । सो खेलकूदमा उत्तर कोरियाले पठाउने भनिएको उक्त टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले सोलमा जानकारी दिएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि अर्थात दुई वर्षयता…

Read More

विश्वमै सवैभन्दा बढि अन्तरिक्षको अनुभव भएका व्यक्तिको निधन

विश्वमै सवैभन्दा बढि अन्तरिक्षको अनुभव भएका व्यक्तिको निधन

अन्तरिक्ष यात्राका सर्वाधिक अनुभवी योङको निधन भएको छ । हालसम्मै सार्वा्धिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए । ६ पटक अन्तरिक्षको भ्रमण गरेका योङ्ग अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेपछि अवकाश लिएका थिए । जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत एक्लै काम गरेका उनको जन्म सन् १९३० मा सान फ्रान्सिस्कोमा भएको थियो । योङले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए। सन् १९६२ मा नासामा अन्तरिक्षयात्रीको जागिर…

Read More

हैजाको प्रकोपका कारण विश्वविद्यालय बन्द

हैजाको प्रकोपका कारण विश्वविद्यालय बन्द

लुसाका । जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ । विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ । जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताउनु भयो ।…

Read More

ग्रिन कार्ड खारेज गरी करिव ५ लाखलाई आफ्नो देश फर्काइदिने ट्रम्पको प्रस्ताव

ग्रिन कार्ड खारेज गरी करिव ५ लाखलाई आफ्नो देश फर्काइदिने ट्रम्पको प्रस्ताव

वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ ।   डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ । उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो । ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका…

Read More