ब्राजिलका स्टार नेइमार विश्वकपको प्रशिक्षणबाट बाहिरिए

ब्राजिलका स्टार नेइमार विश्वकपको प्रशिक्षणबाट बाहिरिए

विश्वकपको आफ्नो दास्रो खेल नजिकिँदै गर्दा ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन् । दायाँ खुट्टा भाँच्चिएका कारण नेइमार लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए । आइतबार स्विट्जरल्यान्डविरुद्धको खेलपछि दुखाई महसुस गरेका उनलाई प्रशिक्षणबाट निकाली उपचराका लागि फिजिसियनकोमा पठाइएको छ। यस पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो । नेइमार दुईदिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्कने ब्राजिलियन टोलीका प्रवक्ता भिनिसिअस रोड्रिगेजले बताएका छन् । शुक्रबारको कोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने नहुने टुंगो लागेको छैन । २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्याटरफाइनल खेलमा घाइते…

Read More

रसिया द्वारा इजिप्ट पराजित, नकआउटको ढोका खोल्यो

रसिया द्वारा इजिप्ट पराजित, नकआउटको ढोका खोल्यो

विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ। इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको हो। आफ्नो दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रसियाले समूहमा ६ अंक बनाएको छ। पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ। बुधबार हुने खेलमा साउदी अरेवियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रसिया प्रिक्वार्टर फाइनलमा पुग्नेछ। सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४७औं मिनेटमा अहमेद फातीले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता…

Read More

विश्वकपको समूह एचमा पोल्यान्डलाई सेनेगल द्वारा पोल्याण्ड पराजित

विश्वकपको समूह एचमा पोल्यान्डलाई सेनेगल द्वारा पोल्याण्ड पराजित

विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ ।पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए ।खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन् । यस अघि समूहमा जापानले कोलम्बियालाई २-१ ले हराएको थियो । समूह विजेताका दाबेदार मानिएका कोलम्बिया र पोल्यान्ड दुवै अंकविहिन रहेका छन्…

Read More

विश्वकप २०१८ः कोलम्बियाले फर्कायो बराबरी गोल

विश्वकप २०१८ः कोलम्बियाले फर्कायो बराबरी गोल

फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । जापान र कोलम्बियाबीच १ – १ ले बराबरी भएको छ । कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेको हो। जापानको शिंजी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो । जापान र कोलम्बियाबीच खेल भइरहेको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स…

Read More

विश्वकप २०१८ को पहिलो रातो कार्ड

विश्वकप २०१८ को पहिलो रातो कार्ड

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्। मोर्डोभिया एरिना रंगशाला सारांस्कमा जारी मंगलबारको पहिलो जापान र कोलम्बियाको खेलमा सान्चेजले रातो कार्ड खाएका छन्। खेलको तेस्रो मिनेट चलिरहदा जापानका खेलाडीले प्रहार गरेको बल कोलम्बियाका गोल किपरले क्लियर गरेर फर्किएको बललाई उनले हातले रोकेका थिए। रेफ्रिले सान्चेजलाई कार्ड देखाउनुका साथै जापानलाई पेनाल्टी दिएका थिए। सो पेनाल्टीलाई जापानका सिन्जी कागावाले गोल गरेका छन्। सान्चेज विश्वकपको इतिहासमा दोस्रो छिटो रातो कार्ड पाउने खेलाडी भएका छन्।

Read More

जन्मदिनमा स्ट्राइकर मोहमम्द सालाहको उपहार, फ्यानका लागि खुसीको खबर

जन्मदिनमा स्ट्राइकर मोहमम्द सालाहको उपहार, फ्यानका लागि खुसीको खबर

स्ट्राइकर मोहमम्द सालाहले आफ्नो २६ औ जन्म दिन मनाएका छन् । जन्मदिनसँगै सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने बताएका छन् । इजिप्सियन फुटबल संघले सालाहको फिटनेसबारे थप नबताए पनि चेचेन्या क्षेत्रस्थित ग्रोज्नीमा रहेको इजिप्टको आधार सिविरमा उनले शनिबार टिमसँग पूरा समय अभ्यास गरेको बताएको छ। च्याम्पियन्स लिग फाइनल दौरान गत महिना बायाँ कुममा चोट लागेपछि विश्वकपमा सालाहको उपस्थिति दुबिधामा परेको थियो। त्यही चोटका कारण लिभरपुलका स्ट्राइकर उरुग्वेसँग १–० को नतिजामा पराजित भएको समूह चरणको पहिलो खेलमा अनुपस्थित थिए। चोटग्रस्त सालाहले जन्मदिनको दिन बेन्चमा बसेर उरुग्वेविरुद्धको खेल हेर्दा…

Read More

विश्वकप फुटवल खेल्न हिडेका खेलाडी चडेको विमानमा आगलागि

विश्वकप फुटवल खेल्न हिडेका खेलाडी चडेको विमानमा आगलागि

साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका खेलाडी चढेको विमानमा आगो लागेको हो ।विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।

Read More

लुकाकुले आफ्नो लय देखाउँदा बेल्जियमले पानमा लाई सहजै हरायो

लुकाकुले आफ्नो लय देखाउँदा बेल्जियमले पानमा लाई सहजै हरायो

विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको छ । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे ।पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए ।त्यस्तै केभिन डे ब्रुयनको पासमा लुकाकुले हेडिङ गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यस्तै एडिन हाजार्डको पासमा ७५ औं मिनेटमा फेरी लुकाकुले गर्दै बेल्जियमको जित सुनिश्चित गरेका हुन् ।

Read More

विश्वकप समूह एफको खेलमा स्विडेन द्वारा दक्षिण कोरिया पराजित

विश्वकप समूह एफको खेलमा स्विडेन द्वारा दक्षिण कोरिया पराजित

विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई १-० ले हराएको छ ।दक्षिण कोरिया र स्विडेन दुवैले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेका थिएनन् । तर खेलको ६५ औं मिनेटमा स्विडेनले पेनाल्टी पाएपछि गोल गर्न सफल भएको हो ।स्विडेनका लागि पेनाल्टीमा कप्तान आन्द्रियस ग्रान्कभिस्ट चुकेनन् र ३ महत्त्वपूर्ण अंक जोड्न सफल भयो । यस जितसंगै स्विडेनले समूह ‘एफ’मा ३ अंक जोड्न सफल भएको छ ।गए राति मेक्सिकोसंग १-० ले पराजित जर्मनी र दक्षिण कोरिया अंकविहीन रहेका छन् । अहिलेको अवस्थामा समूह ‘एफ’ सबैभन्दा रोमाञ्चक देखिएको छ…

Read More

विश्वकप फुटबलमा आजको भिडन्तः कुन कुन टिम कति बेला भिड्दै छन् ?

विश्वकप फुटबलमा आजको भिडन्तः कुन कुन टिम कति बेला भिड्दै छन् ?

रुसमा जारी फिफा विश्वकप फुटबलमा सोमवार तीन खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह एफमा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरु हुनेछ । त्यस्तै अर्को खेलमा समूह जिका दुई खेल हुँदैछन् । समूह जिको पहिलो खेलमा बेल्जीयम र पानमा र दोस्रो खेलमा ट्युनिसिया र इंग्ल्यान्ड भिड्दै छन् । बेल्जियम र पानमाबीचको खेल राति ८ः४५ मा शुरु हुनेछ । यस्तै ट्युनिसिया र इंग्ल्यान्डबीचको खेलम राति ११ः४५ बजे शुरु…

Read More