ढल्यो केशर पुस्तकालयको चमेना गृह र शौचालय

ढल्यो केशर पुस्तकालयको चमेना गृह र शौचालय

कान्तिपथस्थित केशरमहलसँगै निर्माणाधिन ‘शेराटन होटल’ को जग खन्ने क्रममा केशर पुस्तकालयको चमेना गृह र शौचालय ढलेको छ । पुस्तकालयको चमेना गृह, चर्पीशुक्रबार दिउँसो शेराटन होटलको जग हाल्न खनिएको खाल्डोमाखसेको हो। निर्माणका क्रममा सावधानी नअपनाएको कारण क्षति पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। गैरआवासीय नेपाल संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेलगायतको लगानीमा निर्माण सुरु गरिएको उक्त होटलको लागत करिब ८ अर्ब रहेको छ। होटल करिब १४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ। १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेस्ट रुम रहने कम्पनीले जनाएको छ।

Read More

बारका पूर्व अध्यक्ष शम्भू थापा उदयश्री बहुमुखी क्याम्पसको अध्यक्षमा

बारका पूर्व अध्यक्ष शम्भू थापा उदयश्री बहुमुखी क्याम्पसको अध्यक्षमा

अभि लामीछाने , उदयपुर उदयश्री बहुमुखी क्याम्पस कटारी उदयपुरको अध्यक्षमा पुन शम्भु थापा सर्वसम्मतले चयन हुनुभएको छ । शुक्रबार सम्पन्न क्याम्पसको साधारण सभाले थापाकै समितिलाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । साधारण सभा तथा उदयश्री विशेषांक विमोचन कार्यक्रममा नयाँ कार्यकालका लागि शुभकामना दिनुहुँदै प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य सुरेश कुमार राईले क्याम्पसका लागि आफ्नो तर्फबाट निभाउनु पर्ने सबै भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी क्याम्पसको स्थान र नामकै भरमा काठमाडौंको क्याम्पसबाट उत्तीर्ण गर्ने विद्यार्थी र उदयश्रीबाट उत्तीर्ण गर्ने विद्यार्थीलाई भेदभावले हेर्ने वातावरण अन्त्य गर्दै सबै क्याम्पसबाट उत्तीर्ण…

Read More

अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, छट्पटिएका छन् : प्रचण्ड

अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्,  छट्पटिएका छन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन्। नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर पाँच वर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउँदै भने, ‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन्।’ अध्यक्ष दाहालले समावेशिता र समानुपातिकताका दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक हो भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए

Read More

जुम्लामा सरकारको व्यवहारको विरोधमा डा. केसीद्वारा स्वास्थ्य जाँच गर्न अस्वीकार

जुम्लामा सरकारको व्यवहारको विरोधमा डा.  केसीद्वारा  स्वास्थ्य जाँच गर्न  अस्वीकार

डा. गोविन्द केसीले बिहीबार जुम्लामा सरकारको व्यवहारको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् । हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले बिहीबार जुम्लामा सरकारले अस्पतालभित्रै गरेको आक्रमणको विरोधमा स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् । केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्नसमेत दिएका छैनन् । उनका सहयोगीका अनुसार बिहीबारपछि डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिएको छैन । केसीले आफ्नो रगत जाँचको लागि नमुना झिक्न पनि नदिएका उनका सहयोगीले बताएका छन् । बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि…

Read More

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ।नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ ।गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए । गत माघदेखि दुईवटा प्राविधिक…

Read More

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ ।आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले ले भन्नुभयो, “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।”सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट…

Read More

अनशन स्थगित गरेर वार्तामा आउन डा.केसीलाई सरकारको आह्वान

अनशन स्थगित गरेर वार्तामा आउन डा.केसीलाई सरकारको आह्वान

  सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई अनशन स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वरिष्ठ चिकित्सक केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।उनले सरकार डा केसीको जायज माग सम्बोधन गर्न लचकताका साथ प्रस्तुत हुने प्रस्ताव पनि अघि सारेका छन्। शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। मन्त्री ज्ञवालीले केसीलाई केही राजनीतिक दलहरूले आफ्नो स्वार्थ सिद्धीका लागि प्रयोग गरिरहेको दाबी गर्दै सचेत रहन पनि आग्रह गरेका थिए।परराष्ट्रमन्त्री ज्ञवालीले…

Read More

७० हजार घुस सहित एक कर्मचारी अख्तियारको फन्दामा

७० हजार घुस सहित एक कर्मचारी अख्तियारको फन्दामा

अनिल पोखरेल,राजविराज अख्तियारको टोलीले सेवाग्राहीसँग ७० हजार नगद घुस लिएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज ५ स्थित सम्पर्क कार्यालयवाट भौतिक पुर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो । टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुस वापत लिएको नगद ७० हजार वरामद भएको जानकारी दिएका छन् । सो गाउँपालिका वडा नं। ३ सकरपुरामा उपभोक्ता समिति मार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात् अन्तिम भुक्तानी दिने बेला सामाजिक परिचालक समेत…

Read More

कर्जन्हा नगरका मेयर पासवानले आफ्नै कर्मचारी कुटे

कर्जन्हा नगरका मेयर पासवानले आफ्नै कर्मचारी कुटे

नेकपाका नेता समेत रहेका सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले बिल मिलाउन नमानेको भन्दै कर्मचारीलाई कुटेका छन । नगरपालिकाले किनेको जेसीबीको भ्याट बिलबिना नै भुक्तानीको लागि कागजपत्र तयार पार्न आग्रह गर्दा कर्मचारीले नमानेपछि पासबानले नगरपालिकाका जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवलाई कुटेका हुन । चार दिनअघि काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसीबी मेसिनको भुक्तानीको लाग बिल भर्पाई मिलाउन मेयर गंगा पासवालले दबाब दिएपछि आफूले भ्याट बिलबिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले बताएका छन । यादव न्यायका लागि जिल्ला प्रशासन कार्यालय सिरहा गएका छन । उनले…

Read More

भारतले बनाएको बाँधका कारण कपिलवस्तुको ७ सय बिगाहमा लगाइएको धान बाली डुबानमा

भारतले बनाएको बाँधका कारण कपिलवस्तुको ७ सय बिगाहमा लगाइएको धान बाली डुबानमा

शम्भु माली, कपिलवस्तु । भारतीयले सीमा क्षेत्रमा एकतर्फी रूपमा बनाएको चारवटा बाँधहरूका कारण कपिलवस्तुका दक्षिणी भेगका करिब ७ सय बिगाहमा रोपिएको धान डुबानमा परेको छ । नेपालको पानी भारतले महलीसागरमा रिर्जभ गरी आफ्नो भूमि सिँचाई गर्ने उद्देश्यकालागी बनाइएको बाधबाट नेपालको खेती योग्य जग्गा डुबानमा परेको हो । भारतीयले १४ वटा फाटकमा काठको चार फिट अग्लो पटरी लगाएर पानी थुनेको छ । यही पानीले सीमापारी भारतमा लोभलाग्दो तबरले धान रोपाइ भइरहेको छ, भने नेपाली भू–भाग डुबानमा पर्दै आएको छ । भारतले आफ्नो क्षेत्रस्थित १ सय २० हेक्टरमा यहीँ बाँधबाट सिँचाइ गर्दै…

Read More