सरकारी शिक्षकलाई ठूलो झड्का, सुधार हुने भयो पढाई

सरकारी शिक्षकलाई ठूलो झड्का, सुधार हुने भयो पढाई

नारायण प्रसाद भण्डारी ।  सरकारी काम कहिले जाला घाम ? भन्ने उखानको प्रयोग नेपालमा धेरै हुने गर्दछ । सरकारी कर्मचारीले ध्यान नलगाई काम गरेको र आफ्नो कामप्रति त्यत्ति बढी जिम्मेवारी बोध नगरेको गुनासो धेरैतिरबाट सुनिन्छ । सरकारी विद्यालयको कुरा गर्दा धेरैले पढाई कम गुणस्तरीय हुने विद्यालयका रुपमा बुझ्न बाध्य भएका छन् । यो कुरालाई त्यहाँको नतिजाले पनि पुष्टी गर्दछ । आखिर किन सरकारी विद्यालयमा किन पढाई राम्रो हुँदैन त ? यसको उत्तर सजिलो छ त्यहाँको शैक्षिक प्रशासन र शिक्षाकको लापरबाहीका कारण । नत्र भने सरकारीका भन्दा बढी जान्ने शिक्षक निजी…

Read More

मेडिकल माफियाको चंगुलमा

मेडिकल माफियाको चंगुलमा

न्यायिक दृष्टिमा आदेशहरु नेपाल मेडिकल काउन्सिलले कलेजको भौतिक पूर्वाधार, अस्पतालको अवस्था र शैया, बिरामीको चाप, फयाक्ल्टी र उपकरणहरुको अवस्था हेरेर सिट सख्याँ निधारण गर्छ । प्रत्येक बर्ष यस अनुसार कलेजलको पुर्वाधार भए नभएको आकस्मिक मुल्याङ्क गर्छ र सिट सख्याँ निर्धारण गर्दछ । पूर्वाधार र जनशक्तिको अभावमा आफनो कलेजको सिट सख्याँ कटौतीमा परेपछि कलेज सञ्चालकहरु काउन्सिलको निर्णय बिरुद्ध ‘आफुलाई अपुरणीय क्षेती हुने’ भन्दै ‘पुरानै सिट सख्याँ कायम गर्ने’ माग दाबी लिएर अदालत पुग्नेगर्छन । अदालतले न्यायको आँखामा ती मागहरु कति उपयुक्त छन् भन्ने मुल्याङ्कन गर्नुपथ्र्यो । यो घटना बुझेका सर्वोच्च अदालतका…

Read More

कुवेत जान कञ्चनपुरको बाटो ..

कुवेत जान कञ्चनपुरको बाटो ..

भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने रुद्रपुरमा १ कात्तिक २०७४ मा सिन्धुपाल्चोकका ६ जना किशोरीलाई भारतीय प्रहरीले पक्राउ ग¥यो र कञ्चनपुरस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगायो । पक्राउ पर्ने टोलीमा एउटी यस्ती किशोरी थिइन्, जसको उमेर १४ वर्ष मात्र थियो । तर, नागरिकतामा भने उनी १९ वर्ष पुगेकी थिइन् । सिन्धुपाल्चोकको सेलाङ घर भएकी ती किशोरीले विदेश जान पाइने लोभमा दलालको सल्लाह मानेर आफ्नो उमेर बढाएकी थिइन् ।   त्यो टोलीमा अर्की किशोरी १८ वर्षकी थिइन्, तर नागरिकतामा उनको उमेर २० वर्ष लेखिएको थियो । हेलम्बूकी ती किशोरीले पनि दलालले भनेअनुसार उमेर…

Read More

जाँडको व्यापारमा १० बर्षका बालिका

जाँडको व्यापारमा १० बर्षका बालिका

सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ बालापन ? पूर्वी पहाडी जिल्ला भोजपुरका गाउँ–गाउँको कथा  दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावाखोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुवा–आमा जाँड व्यापार गर्छन् । दुई कक्षा पढ्दादेखि बुवा–आमालाई जाँड बनाउन सघाइरहेकी रमिता अहिले उहाँहरूले नभ्याउँदा जाँड…

Read More

एउटै जिल्लाका २४ हजारमा कुपोषण

एउटै जिल्लाका २४ हजारमा कुपोषण

तल्कोट गाउँपालिकाकी १२ वर्षीया मञ्जु धामीको १० फागुन २०७३ मा मृत्यु भयो । त्यसको ११ दिनपछि उनकी १० वर्षीया बहिनी कल्पना धामी पनि बितिन् । छोरीहरूको मृत्यु हुनुभन्दा एक महीना जति अघि मात्र उनीहरू खानेकुरा नपुगेर रोगाएका हुन् र त्यो बिमारको नाम कुपोषण हो भन्ने थाहा पाएकी आमा पार्वती धामीले भनिन्, “एक वर्षदेखि दुवै जना गल्दै गएका थिए । पछि पेट फुल्न थाल्यो । जीउ सुकेर लौरो जस्तो भयो । धामीझाँक्री र औषधिमूलो गर्दागर्दा थाकिसकेका थियौं । जिल्लामा एक्सरे गर्दा पनि केही देखिएन । पछि मेलविसौना स्वास्थ्य चौकीमा जाँच्दा कुपोषण…

Read More

सरकारी कर्मचारीको घिनलाग्दो धन्दा, सिहंदरबारभित्रै यस्तो व्रम्हलुट

सरकारी कर्मचारीको घिनलाग्दो धन्दा, सिहंदरबारभित्रै यस्तो व्रम्हलुट

मुकेश पोखरेल व्यवस्थापिका–संसद् सचिवालयमा बा १ झ् ४४२८ नम्बरको ल्याण्डरोभर जीप थन्किएको तीन वर्ष भयो । २०७४ भदौ अन्तिम हप्तासम्म उक्त जीप सिंहदरबारस्थित संसद् सचिवालयको दुई नम्बर भवनको पश्चिम छेउमा थियो । लिलाम प्रक्रियामा राखिएको उक्त जीपलाई अहिले भवन पछाडि चमेना गृह अघिल्तिर राखिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा उक्त जीपको मर्मत खर्च १६ हजार ७२४ छ । गुड्दागुड्दै ८ महीनाअघि थन्काइएका बा १ झ् ५३८२ र बा १ झ् ५३८३ नम्बरका टाटासुमो जीपको आर्थिक वर्ष २०७३÷७४ को मर्मत खर्च क्रमशः रु.१ लाख ६० हजार ४६९ र रु.२ लाख ७८…

Read More