संविधान र सरकारले नछोएका बालबालिका (भिडियोसहित)

संविधान र सरकारले नछोएका बालबालिका (भिडियोसहित)

विमल खड्का, टिभी अन्नपूर्ण। वर्षायाम सुरु भएपछि राजधानी तथा राजधानीभन्दा बाहिर जिल्लाका सडक बालबालिकाको बिचल्ली हुने गरेको छ । विभिन्न कारणले घर, परिवार छाडी सडकमा जीवन बिताइरहेका बालबालिकाको वर्षातको समयमादिनहरु सडकमै रुझेर भिजेरै बित्छ । दिन होस वा रात सडकमा नै बिताउने, त्यहींखाने, त्यही घुम्ने, त्यही सुत्ने बालबालिका सडकमै आश्रित छन् । यस्ता बालबालिका असहाय, अशक्त वा विभिन्न घटना वा समस्यामा परेर सडकमा खुल्ला आकाशमुनि जीवन बिताउन बाध्य भइरहेका छन् । कति बालबालिकाका आफन्त नै नभर्इ यसरी रातदिन खुल्ला आकाशमै फिरिरहेका छन् । कति बालबालिकाको यो रहर होला कतिलाई बाध्यता?…

Read More

एसइईपछि सस्तो र गुणस्तस्तरीय पढाइको लागी यी विद्यालय किन छान्ने ?

एसइईपछि सस्तो र गुणस्तस्तरीय पढाइको लागी यी विद्यालय किन छान्ने ?

तुलसी अर्याल/ टिभी अन्नपुर्ण पहिले एसएलसी र अहिले एसइईलाई निक्कै महत्वको शिक्षा मानिन्छ । १० वर्षसम्म पढेको हुनाले पनि त्यसपछि अब कुन विषय कुन विद्यालयमा पढ्ने भन्ने विषय अति नै महत्वपूर्ण हुन्छ । १० कक्षासम्मको पढाई सकेपछि लाखौँ विद्यार्थी र अभिभावकको चासो र चिन्ताको विषय भनेको अब कुन अब १२ कक्षासम्म कुन विषय कुन विद्यालयमा पढ्ने भन्ने हुन्छ । हुन त हाल कक्षा १२ सम्मको शिक्षालाई नै विद्यालय तहमा राखेको छ । तर पनि कक्षा १० पछिको गन्तव्य करिब १० वर्ष बढीको मेहनत र प्राप्त गरेको सीप र ज्ञानलाई त्यसपछिको…

Read More

सरकारी कर्मचारीकै आश्चर्यजनक संलग्नतामा मलेशिया जाने गरिब नेपालीको ५ अर्ब लुटिएको खुलासा

सरकारी कर्मचारीकै आश्चर्यजनक संलग्नतामा मलेशिया जाने गरिब नेपालीको ५ अर्ब लुटिएको खुलासा

  रामु सापकोटा, काठमाडौं र आलिया अलहाज्जरी, मलेशिया मलेशिया— पछिल्लो समय वैदेशिक रोजगारमा जाने नेपालीको प्रमुखमध्ये एक गन्तव्य । ‘फ्रि–भिसा फ्रि टिकट’ भनिए पनि जसोतसो ऋण जोहो गरी म्यानपावर कम्पनीलाई रु.१ लाख हाराहारी बुझाएर मलेशिया पुग्छन्, नेपाली कामदारहरू । तिनका आफ्नै सपना हुन्छन् । मासिक रु.३०–३५ हजार कमाउने, ऋण चुक्ता गर्ने, बचेको पैसाले नेपालमा रहेका परिवारको खर्च धान्ने । उपल्लो तहको औपचारिक शिक्षा र हातमा सीप नभएका उनीहरू धेरैजसो कडा शारीरिक श्रम गर्न जान्छन् । यस्ता धेरै कामदारलाई थाहा नभएको कुरा के भने २०७० साल भदौदेखि मलेशिया गएका ६ लाख…

Read More

वर्षौंदेखि सित्तैमा हड्पेका टहराका कारण पशुपति क्षेत्र विकास कोषको करोडौँ आम्दानीको स्रोत गुम्दै (भिडियो सहित)

वर्षौंदेखि सित्तैमा हड्पेका टहराका कारण पशुपति क्षेत्र विकास कोषको करोडौँ आम्दानीको स्रोत गुम्दै (भिडियो सहित)

विमल खड्का टिभी अन्न्पूर्ण काठमाडौँ पशुपतिनाथ मन्दिर नेपालका लागि मात्र होइन, विश्वभरकै हिन्दुहरूले पुज्ने पवित्र तीर्थस्थल मन्दिर । नेपाल भारतसहित जत्ति पनि हिन्दु धर्मावलम्बी छन् उनीहरूको आस्थाको केन्द्रबिन्दु । आराध्यदेव पशुपतिको दर्शन गरेपछि मात्र धर्म दर्शन पूरा भएको मान्छन् । तर, यही पवित्र भूमि पशुपतिभित्रै पूजाको लागि बेचिने फुलहरूमै दलाली हुने गरेको तथ्य भेटिएको छ । पशुपतिनाथ आसपासमा अव्यवस्थित रूपमा रहेका टराहरुबाट बेचिने गरेका पुल तथा अन्य सामानहरूमा व्यापारीहरूको बिगबिगीले पशुपतिनाथ क्षेत्र विकास कोषले हैरानसमेत व्यहोर्नु परेको छ । करिब १ सय ५० भन्दा बढी टहराहरू भएको पशुपतिनाथ वरपर फुलप्रसाद…

Read More

अनौठो कला : न हात न खुट्टा, आफ्नै चित्र बेचेर लाखौँको कमाई (भिडियो सहित )

अनौठो कला : न हात न खुट्टा, आफ्नै चित्र बेचेर लाखौँको कमाई (भिडियो सहित )

विमल खडका, टिभी अन्नपूर्ण । मानिसको जीवन जिउनका लागि भगवानले पनि कुनै न कुनै सिप जन्मजात दिएका हुन्छन् भन्ने गहकिलो उदाहरण हाम्रो समाजका केही व्यक्ति र उनका कलाले बताउँछ । बिहान सबेरै उठेर आमाको स्याहार अनि साँझ बिहानको गाँसको जोहो गर्न रत्नपार्कको डिउटि समालेकै छन् । यस्तो दैनिकी भएका व्यक्ति हुन् एक शारीरिक रूपमा भिन्न क्षमता भएका आनन्द पासवान । जो काठमाडौँको मुख्य ठाउँ रत्नपार्क, सुन्धारा र बसन्तपुर दरबारको एक कुनामा चित्र कोरिरहेका हुन्छन् । उनका दुवै हात अनि खुट्टा पनि छैन । तर पनि उनी आनन्दित भएर चित्र बनाइरहेका…

Read More

सेवाका नाममा सञ्चालित एम्बुलेन्सले यसरी असुल्छन् महँगो भाडा (भिडियोसहित)

सेवाका नाममा सञ्चालित एम्बुलेन्सले यसरी असुल्छन् महँगो भाडा (भिडियोसहित)

तुल्सी अर्याल, टिभी अन्नपूर्ण, काठमाडौं सेवाको नाममा सञ्चालित राजधानीका धेरै एम्बुलेन्सहरु व्यापार मुखी रहेको पाइएको छ । बिरामीको बाध्यताको फाइदा उठाउँदै एम्बुलेन्सलाई कमाइ खाने भाडो बनाएको छ । बिरामीबाट उनीहरुले असुल गर्ने शुल्कमा पनि एकरुपता छैन । मनपरि ढङ्गले आफु अनुकुल र मान्छे हेरेर उनीहरुले शुल्क असुल गरिरहेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा रहेका बिरामीका आफन्तका अनुसार एम्बुलेन्स सञ्चालकहरुले लुट मच्चाइरहेका छन् । त्रिवि शिक्षण अस्पतालमा प्यारालाइसिस श्रीमतीको उपचार गराई रहेका धादिङका सुदीप आचार्य ७९ किलो मिटरको यात्रामा ४ हजार तिरेर काडमाडौं पुगे । उनले भने, चालकहरु ठुलै बारगेनिङ गर्छन् ।…

Read More

काठमाण्डौ भित्रकै एउटा पुल जहाँ गएको ५ महिनामा ५ हजार सवारी दुर्घटना भए (भिडियो सहित)

काठमाण्डौ भित्रकै एउटा पुल जहाँ गएको ५ महिनामा ५ हजार सवारी दुर्घटना भए (भिडियो सहित)

राजकुमार विष्ट / नवराज श्रेष्ठ । काठमाडौँ भित्रै दैनिक सयौ सवारी साधान ओहोरदोहोर गर्ने एउटा पुलको गएको ५ महिनादेखी हरिबिजोग छ ।काठमाण्डौं महानगरपालिका वडा नं ८ जयबागेश्वरी स्थित बागमति खोलाको पुलमा ठेकेदारको लापरबाही र सरकारी निकायको बेवास्ताका कारण हजारौै सवारी साधन त्यसका यात्रुले सास्ती भोग्दै आएका छन । गएको पाँच महिनादेखी दैनिक हजारौ सवारी ओहोरदोहोर गर्ने पुल यस्तो अवस्थाका कारण पाँच हजार भन्दा बढी सवारी एकै स्थानमा दुर्घटनामा परेका छन । चावहिल बाट गोठाटार र पेप्सीकोला क्षेत्र जाने यो पुल निर्माण गर्दा ठेकेदार कम्पनी र सडक विभागको गम्भीर लापरबाहीका कारण यस्तो…

Read More

काठमाण्डौको मासु रोगको घरः नियमक निकायको उदासिनताले बजारमा निर्वाध व्यापार(भिडियो सहित)

काठमाण्डौको मासु रोगको घरः नियमक निकायको उदासिनताले बजारमा निर्वाध व्यापार(भिडियो सहित)

विमल खड्का । नवराज श्रेष्ठ , टिभी अन्नपूर्ण काठमाडौँ । राजधानीका विभिन्न ठाउँमा सञ्चालन भइरहेका वधशालामा काटिने राँगा भैँसीको मासु कुहिएको र सडेको पाइएको छ । उपत्यकामा दैनिक ८ सय देखि १ हजार वटासम्म राँगा भैँसीको मासु खपतहुने ठाउँमा यस्तो भेटिएको हो । दैनिकजसो प्रयोग हुने मासु यसरी बेचिँदै आएको पाइएको हो । तर, बजारमा यस्तो फोहोर वधशालामा काटेको र कुहिएको मासु हामीलेखाइरहेका छौँ ।तर, यो मासु कसरी आइरहेको छ । हामीलाई सोच्ने फुर्सद नै छैन । अर्कोतिर काठमाडौँमा धेरै परिणाममा दैनिक बिक्रीहुने मासु कसरी र कस्तो अवस्थामा तयार गरिन्छ भनेर…

Read More

तारै तारको जालोमा कुरुप बनेको काठमाडौँ (भिडियोसहित)

तारै तारको जालोमा कुरुप बनेको काठमाडौँ (भिडियोसहित)

तुल्सी अर्याल, टिभी अन्नपूर्ण । सहर जति विकसित भए त्यति नै भर्दगोल बन्दै गएका छन् । राजधानी काठमाडौँमा अव्यवस्थित र भर्दगोल रूपमा रहेका तारहरूले काठमाडौँको सुन्दरतालाई अझै कुरूप बनाएको छ । विद्धुतका प्रत्येक पोलमा अति भर्दगोल रूपमा विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाका तारले काठमाडौँको रूप नै नराम्रो बनाएको छ । कुरूप देखिने मात्रै होइन यस्तो अव्यवस्थित तारले विभिन्न दुर्घटना समेत निम्त्याएका छन् । काठमाडैंको यो अवस्था अहिलेको भने होइन । वर्सौदेखि यो समस्या रहँदै आएपनि स्थानीय निकाय, सरकार वा प्राधिकरण कसैको नजर भने पुगेको छैन । सडक विस्तारको क्रममा धराप…

Read More

सिन्डिकेटको नमुना: यात्रुलाई सहज की झन् सास्ती ?(भिडियो सहित)

सिन्डिकेटको नमुना: यात्रुलाई सहज की झन् सास्ती ?(भिडियो सहित)

तुलसी अर्याल/ टिभी अन्नपुर्ण वर्षौँ देखि यातायात क्षेत्रमा जरा गाडेर बसेको सिन्डिकेट लामो प्रयास पछि सरकारले हटाउने निर्णय गर्‍यो । यातायात व्यवसायीले आन्दोलन गरे तर, सरकार गलेन । झन् कडा रूपमा प्रस्तुत भयो । सिण्डिकेट तोडिने भएपछि अब त केही राहत पाइन्छ की भनेर धेरैले सरकारको निर्णयको खुलेरै स्वागत पनि गरे । तर राजधानी काठमाडौँ यात्रुले सास्ती पाउन भने अझै छुटेको छैन । बिहान र बेलुकाको समयमा काठमाडौँका सडकमा गुड्ने सार्वजनिक सवारी साधनमा भेडाबाख्राको शैलीमा मान्छेलाई कोचिन्छ । सरकारले बनाएको क्षमताभन्दा बढी यात्रु कोच्ने सवारी साधनलाई कारबाही गर्ने निर्णयको पनि…

Read More