डा. केसीलाई काँग्रेसले उचालेको छैन : देउवा

डा. केसीलाई काँग्रेसले उचालेको छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले डा। गोविन्द केसीका माग पूरा गर्नैपर्ने बताएका छन् । यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा। केसीका सबै माग पूरा हुने उनले बताए ।२१ दिनदेखि आमरण अनशनमा बसेका डा। गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले भेटेका थिए ।भेटपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने, “डा। केसीका सबै माग जायज छन् । उहाँका माग पूरा गरेर सरकारले जीवन रक्षा गर्नुपर्छ । उहाँको जीवन रक्षाका लागि पहल गर्नु हामी सबै नेपालीको कर्तव्य हो । देउवाले भने, “कांग्रेसले डा। गोविन्द केसीलाई उचालेको…

Read More

केसीलाई भेट्न देउवा शिक्षण अस्पताल जाँदै

केसीलाई भेट्न देउवा शिक्षण अस्पताल जाँदै

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डा। गोविन्द केसीलाई शुक्रवार भेट्दै छन् । केसीलाई भेट्न देउवा दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल जान लागेका हुन् ।माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने, जुम्लामा एमबीबीएस पढाइ हुनुपर्ने माग राखेर केसी २१ दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए । उनलाई सरकारले बिहीबार काठमाडौं ल्याएको हो । गोविन्द केसीको अनसनलाई साथ दिँदै कांग्रसेले संसद अवरुद्ध गर्दै आइरहेको छ ।

Read More

तालिवानी शैलीमा आक्रमण भएको मन्त्री बास्कोटाको आरोप

तालिवानी शैलीमा आक्रमण भएको मन्त्री बास्कोटाको आरोप

सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जुम्लामा प्रहरीमाथि तालिवानी शैलीमा आक्रमण भएको आरोप लगाउनु भएको छ।प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ?उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन । केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।उनले भने ।

Read More

 विवेकशिल साझाले दियो कांग्रेसलाई चुनौती

 विवेकशिल साझाले दियो कांग्रेसलाई चुनौती

विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।डा. गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्रह पनि गरेको छ ।पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई त्यसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् ।,

Read More

कांग्रेसले थाल्यो सरकार विरुद्ध मोर्चाबन्दी

कांग्रेसले थाल्यो सरकार विरुद्ध मोर्चाबन्दी

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा.गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ ।सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाण्ले बताए ।सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशकी आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

Read More

प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय हो बालुवाटार

प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय हो बालुवाटार

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो ।नेकपा नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो ।अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो ।सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यलयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होईन ।

Read More

मिल्यो देउवा-पौडेल विवाद, संसोधनका लागि विधान मस्यौदा समिति बन्ने

मिल्यो देउवा-पौडेल विवाद, संसोधनका लागि विधान मस्यौदा समिति बन्ने

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ ।सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो ।देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ ।विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन ।मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न…

Read More

डा केसीको सम्बन्धमा नेकपाको आकस्मिक बैठक, ग-यो यस्तो निर्णय

डा केसीको सम्बन्धमा नेकपाको आकस्मिक बैठक, ग-यो यस्तो निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार राति भएको आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केसीको जीवन बचाउनका लागि सुविधासम्पन्न अस्पतालमा ल्याएर उपचार गरेपछि उनका मागबारेमा छलफल गर्ने पनि निर्णय गरेको छ। माग पुरा नभएसम्म डा केसीले अनशन नतोड्ने अवस्था देखिएको निचोड निकाल्दै नेकपाले सबैभन्दा पहिले उनलार्इ सुविधासम्पन्न अस्पताल (राजधानी) मा ल्याएर उपचार गराएपछि उनका मागबारेमा छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘१९ दिनदेखि अनशनरत डा केसीको…

Read More

धर्मनिरपेक्षता खारेजी नभए कडा रुपमा जनसंघर्ष गर्ने कमल थापाको चेतावनी

धर्मनिरपेक्षता खारेजी नभए कडा रुपमा जनसंघर्ष गर्ने कमल थापाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा धर्मनिरपेक्षता खारेजी नभए कडा रुपमा जनसंघर्ष गर्ने चेतावनी दिनुभएको छ । बुधबार काठमाडौमा हिन्दुराष्ट्र पुनस्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानको औपचारिक शुभारम्भ शुभारम्भ गर्दै अध्यक्ष थापाले छिटो भन्दा छिटो धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको घोषणा गर्न माग गर्दे माग पुरा नभए जनसंघर्ष गर्ने चेतावनी दिनुभएको हो । अध्यक्ष थापाले सहमतिका आधारमा हिन्दु राष्ट्र घोषणा होस भन्न पार्टीको चाहना रहेको स्पष्ट पार्नुभयो । उहाले राप्रपाले जनसंघर्ष गरे मुलुकको आर्थिक सामाजिक राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तनको ढोका खोल्ने दाबी गर्नुभयो । त्यस्तै उहाले जनजागरण अभियान सरकारका…

Read More

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो । सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । लोकतन्त्रको मर्म विपरित, जनमतको दुरुपयोग गर्नेतर्फ सरकार उन्मुख रहेको निष्कर्ष निकाल्दै पार्टीले तत्सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँग बिहिबार भेटगरी छलफल गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि…

Read More