पहिरोमा पुरिएर दुईजनाको मृत्यु

पहिरोमा पुरिएर दुईजनाको मृत्यु

फाइल फोटो जाजरकोटको जुनिचाँदे गाउँपालिका ६ छिर्कमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहीबार राति ११ बजेतिर घरमा सुतिरहेको बेला पहिरो गएर घर भत्‍किँदा दुईजनाको मृत्यु भएको स्थानीय मोतीलाल शाहीले जानकारी दिए। मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका(६ का ललित बुढा, सिर्जना बुढा रहेका छन्। उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले गर्खाकोटबाट टोली पठाएको र हाल उद्धार कार्य भइरहेको बताए। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आधिकारिक जानकारी नआएकोले हाल जिल्ला प्रहरी कार्यालयलाई उद्धारको लागि तत्काल घटनास्थलमा पुगी जानकारी दिन अनुरोध गरिएको बताए। उता…

Read More

बाबु छोरा मिलेर चक्कु प्रहार गरी छिमेकीको हत्या

बाबु छोरा मिलेर चक्कु प्रहार गरी छिमेकीको हत्या

कैलालीको गौरीगंगा नगरपालिका–७ मनकापुरमा नरबहादुर बिक र उनका छोरा रमेश बिकले छिमेकीलाई चक्कु प्रहार गरी हत्या गरेका छन्। बाबुछोराले स्थानीय मानबहादुर समै मगरलाई बुधबार साँझ चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते मगरको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते मगरको मसुरियामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साउने संक्रान्ति मनाउने क्रममा भएको विवादका बाबुछोराले मगरमाथि…

Read More

नदीमा डुबेर दुई बालिकाको मृत्यु

नदीमा डुबेर दुई बालिकाको मृत्यु

पौडिखेल्ने क्रममा नदीमा डुबेर दुई बालिकाको मृत्युु भएको छ । कैलालीको लम्की चुहा २ रोरा नदिमा डुबेर बुधवार दिउँसो उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । लम्कीचुहा नगरपालिका–२ बघौराका स्थानीय हरि ढकालकी अन्दाजी १२ वर्षीया छोरी संगिता ढकाल र कर्णप्रसाद धमालाकी अन्दाजी १२ वर्षीया छोरी पुष्पा धमालाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको रोरा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । बाख्रा चराउन गएका उनीहरु नदीमा डुबेका हुन् । उनीहरूको शव प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

Read More

विद्यालयमा कम उपस्थित हुने १२ जना शिक्षकको तलब कट्टी

विद्यालयमा कम उपस्थित हुने १२ जना शिक्षकको तलब कट्टी

 बढी उपस्थित हुने एक जना शिक्षक र एक जना शिक्षिकालाई २५/२५ हजार सहित पुरस्कृत अछामको एक गाउँपालिकाले १२ जना शिक्ष्ँकको तलब कट्टा गरेको छ । विद्यालयमा कम उपस्थित भएको भन्दै जिल्लाको बान्नी गढीजयगढ गाउँपालिकाले एक कर्मचारीसहित १२ जनाको एकसय ३३ दिन बराबरको तलब कट्टा गरेको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरूको अनुगमन तथा मूल्याङ्कनका क्रममा बिदा स्वीकृत नगरी अनुपस्थिति भएकोले तलब कट्टा गरिएको हो । तलब कट्टा हुनेहरुमा सरस्वती माध्यमिक विद्यालयका, नन्दा माध्यमिक विद्यालय र कालीका आधारभूत विद्यालयमा कार्यरत रहेका शिक्षकहरूको तलब कट्टा गरिएको गाउँपालिकाले जानकारी दिएको छ…

Read More

४ लाख ठगीको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

४ लाख ठगीको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद भाष्कर ठगी आरोपमा काठमाडौंबाट  प्रहरीले पक्राउ गरेको छ । युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ । तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई कार्यालयमा हाजिर गराएर वयान लिएको छ । साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ…

Read More

हत्यापछि गाडिएको अवस्थामा किशोरीको शव फेला

हत्यापछि गाडिएको अवस्थामा किशोरीको शव फेला

कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ। कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले जानकारी दिए। हत्या गरेर हव खोलामा बालुवा र स्याउलाले छोपेर छोडिएको प्रहरीको अनुमान छ।शव जनावरले खाएको अवस्थामा हड्डी मात्रै भेटिएको छ। कविताको घरपरिवारले खोजी कार्य गरेपनि प्रहरीलाई भने आइतबार मात्रै जानकारी गराएका थिए।…

Read More

काठे साँघु तर्ने क्रममा भाँचिएपछि खोलामा बगेर दुईको मृत्यु

काठे साँघु तर्ने क्रममा भाँचिएपछि खोलामा बगेर दुईको मृत्यु

खोलामा बगेर दुई बालिकाको मृत्यु भएको छ । बझाङको बाउलीगाडमा शुक्रबार साँझ विद्यालयबाट घर फर्कंदा काठे साँघु तर्ने क्रममा भाँचिएपछि उनीहरु खोलामा खसेका थिए । खोलामा खसेकी सुर्मा गाउँपालिका २ की १४ वर्षीया विमला बोहराको शव शुक्रबार नै फेला परेको थियो भने ८ वर्षीया रिनु बोहराको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रिनुको शव साँघुबाट झण्डै ४ किलोमिटर तल फेला पारिएको थियो । मृतक दुवै बालिका स्थानीय आधाबगर माध्यमिक विद्यालयमा अध्यनरत थिए । दुवै शव जिल्ला अस्पताल बझाङमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ…

Read More

आमा रोपाइँ गएको बेला घरमा आठ वर्षीया बालिका बलात्कृत

आमा रोपाइँ गएको बेला घरमा आठ वर्षीया बालिका बलात्कृत

घरमा एक्लै भएको अवस्थामा अछाममा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । साँफेबगर नगरपालिकी बालिका आमा रोपाइँ गएको बेला बलात्कृत भएकी हुन् । उनलाइ्र्र घरमा २ बर्षकी बहिनी हेर्न बसालिएको प्रहरीले जनाएको छ । पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीया रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् । भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् ।पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको…

Read More

कैलालीमा बीस हजार बढी नागरिक अझै निरक्षर

कैलालीमा बीस हजार बढी नागरिक अझै निरक्षर

प्रकाश मिश्र, कैलाली । कैलाली जिल्लामा झन्डै तिन प्रतिशत जनसङ्ख्या निरिक्षर रहेको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा सात लाख ७५ हजार सात सय नौ हजार जनसङ्ख्या रहेको छ । जिल्ला शिक्षा ईकाई तथा समन्वय समितिका अनुसार कुल जनसङ्ख्यामध्ये २१ हजार सात सय २० जनसङ्ख्या अझै निरिक्षर रहेका छन् । समितिका अनुसार कैलालीमा हालसम्म ९७ दशमलव दुई प्रतिशत जनसङ्ख्या साक्षर भएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा चार लाख २४ हजार दुई लक्षित समूह (१५–६०) को जनसङ्ख्या रहेकोमा एक लाख ५९ हजार दुई सय एक…

Read More

एका बिहानै बाजुरामा भुकम्पको धक्का

एका बिहानै बाजुरामा भुकम्पको धक्का

आज बिहान ८ः५८ बजे बाजुरामा ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ। भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे। भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए। रासस

Read More