एक खुट्टाले साइकल चलाएर राराको यात्रा

एक खुट्टाले साइकल चलाएर राराको यात्रा

एक जना एउटै खुट्टाले साइकल चलाएर प्रदेश नंम्बर ७ कैलालीबाट कर्णाली प्रदेशको रारा यात्रामा निस्किएका छन् । कैलालीको लम्कीदेखि राराको एकल साइकल यात्रा सुरु गरेका लम्की चुहा नगरपालिका १ लम्कीका यमराज रसाइली तीन दिनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पुगेका हुन । उनले यही जेठ ४ गते लम्कीबाट साइकल यात्रा सुरु गरेका थिए । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि आफूले एकल साइकल यात्रा सुरु गरेको रसाइलीले बताए । ‘मैले लम्कीबाट रारासम्म एक खुट्टाले साइकल चलाएर यात्रा गर्दैछु’ मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने,‘यो…

Read More

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु ४ घाईते

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु ४ घाईते

सोमबार राति सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भने अन्य ४ जना घाईत भएका छन् । जिल्लाको बागचौर नगरपालीका २ चिलढाले आग्रीखोलामा गएराति १ बजे भएको दुर्घटनामा परि १ जनाको मृत्यु प्रहरीले बताएको छ । सुत्केरी गराउने महिलालाई चिलढालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३६ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनमा बागचौर नगरपालीका २ चिलढालेकी सुत्केरी गराउने महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छिन् । घाईतेहरूमा सुत्केरी महिला १९…

Read More

सामाजिक संञ्जालको दुरुपयोग गरि युवती ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

सामाजिक संञ्जालको दुरुपयोग गरि युवती ब्ल्याकमेलिङ गर्ने युवक पक्राउ

विवाहित युवतीसँग सामाजिक सञ्जाल फेसबुकबाट ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवा प्रहरी फन्दामा परेका छन् । पूर्वी नेपालकी एक युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने दैलेख घर भई हाल वीरेन्द्रनगर, पिपिरा बस्ने जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले बुधबार नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार ती युवतीको बिहेपूर्व जीवनसँग प्रेम सम्बन्ध थियो ।उतिबेला मोबाइलबाट खिचेका तस्बिर युवतीका पतिलाई ‘फेक’ फेसबुक आइडीबाट पठाएपछि युवती तनावमा परेकी हुन् ।जीवनले यसअघि पनि ब्ल्याकमेलिङ गर्दै एक लाख ८० हजार रुपैयाँ युवतीबाट असुलेको प्रहरीको भनाइ छ ।पछिल्लोपटक युवतीसँग तीन लाख रुपैयाँ…

Read More

सुर्खेतमा ट्रयाक्टरको ठक्कर बाट एक जनाको मृत्यु

सुर्खेतमा ट्रयाक्टरको ठक्कर बाट एक जनाको मृत्यु

सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ। सुर्खेत– १० रत्न राजमार्गको नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डेको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले नर्सिङ होमतर्फ लगेका थिए। तर बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक लेकबेसी– ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।

Read More

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ । यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह,…

Read More

प्रक्रियाबिना नै प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने एक जना पक्राउ

प्रक्रियाबिना नै प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने एक जना पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खत्रीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले तुलसीसपुर उपमहानगरपालिका –५, दाङका पशुपतिबाट ठगीको आरोपमा मंगलबार पक्राउ गरेको हो । खत्रीले सिधै प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरुसँग आफ्नो चिनजान रहेको र प्रक्रियाबिना नै प्रहरीमा जागिर लगाइदिन्छु भन्दै चार जनासँग पैसाको बार्गेनिङ्ग गरिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । खत्रीले पञ्चपुरी नगरपालिका २ सुर्खेतका धनबहादुर माझी, सोही ठाउँका प्रकाश भण्डारी, लेकबेशी नगरपालिका –३, का कृष्टी रोकाय र दुल्लु नगरपालिका –१०, गमौडीका समुनकुमारी शाहीसँग सुरुमा पेश्की प्रतिव्यक्ति २५ हजार र पछि जागिर…

Read More

तास खेल्दै गरेको अवस्थामा नेताको घरबाट तीन पक्राउ, मुख्यमन्त्रीका स्वकीय सचिव फरार

तास खेल्दै गरेको  अवस्थामा नेताको घरबाट तीन पक्राउ, मुख्यमन्त्रीका स्वकीय सचिव फरार

सुर्खेतको वीरेन्द्रनगरमा जुवा खेलिरहेका अवस्थामा तीन जना पक्राउ परेका छन। वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित कांग्रेस नेता कालीप्रसाद शाक्यको घरमा जुवा खेलिरहेका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ पर्नेमा ४३ वर्षीय बलबहादुर राना, घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य र ५५ वर्षीय दानबहादुर गुरुङलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। प्रहरीका अनुसार जुवाको खालबाट ३४ हजार ५०० रुपैयाँ पनि बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ। सोही जुवा खालबाट कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर…

Read More

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवा ग्राही मर्कामा परेका हुन । वैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालीममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, नासु हीराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि विभिन्न…

Read More

मापसे गर्ने शिक्षकको जागिर चट

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोटको कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ।शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो। मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पुर्याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए। बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो।

Read More

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले मदिरा सेवन गरी गाली बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् । प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नं ५ का वडाध्यक्ष दिल मसाङ्गीको रोहवरमा छलफल गर्दा अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले…

Read More