१ लाख १५ हजार नगदसहित सात जना प्रहरीको नियन्त्रणमा

१ लाख १५ हजार नगदसहित सात जना प्रहरीको नियन्त्रणमा

पाल्पा तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित एक होटलबाट सात जुवाडेलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । जुवा खेलिरहेको स्थानबाट १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ नगदसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नियन्त्रणमा लिएकाहरु तानसेन नगरपालिका–११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन–४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन–३ का सुशील कुँवर, तानसेन–२ का टेकनाथ न्यौपाने, तानसेन–४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका, ६ का शिव जिसी छन्। जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट उनीहरुलाई…

Read More

रुकुममा जीप दुर्घटना, ३ जनाको मृत्यु

रुकुममा जीप दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

Read More

रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शम्भू माली, कपिलवस्तु । रोम विधान अनुमोदनका लागी कपिलवस्तमा इन्सेक जिल्ला प्रतिनिघिको अगुगाईमा प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्रीलाई ०७५ साउन १ गते ज्ञापनपत्र बुझाइएको छ । कपिलवस्तुमा इन्सेक जिल्ला प्रतिनिधिको अगुवाईमा मानवअधिकार निगरानी समितिका संयोजक पुष्पा रेग्मी ,एमनेष्टी इन्टरनेश्नलका जिल्ला अध्यक्ष महेन्द्र खनाल, माहुरीहोम प्रतिनिधि बसन्त बन्जाडे ,दलित महिला संघकी जिल्ला अध्यक्ष माया नेपाली , अपाग उत्थान समाजका उपाध्यक्ष ओरीराम चौरेसिया ,निगरानी समुहकी पुर्व संयोजक माया ज्ञवाली जिल्ला युवा समुह कोषाध्यक्ष विबेक पौडेल लगाएतका संस्थाका प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय न्यायदिवसको…

Read More

कार्यालयमा रिटायर्ड हाकिमको कब्जा

कार्यालयमा रिटायर्ड हाकिमको कब्जा

शम्भू माली, कपिलवस्तु । मन्त्रालयले कामचलाउ बनाउने निर्णय गरेको एक कार्यालयलाई सेवानिबृत्त प्रमुखले कब्जा गरेका छन । कपिलवस्तु जिल्लामा रहेको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कपिलवस्तुमा सेवा निबृत्त प्रमुख कैलाश नायकले कार्यकक्ष कब्जा गरेको भेटिएको छ । हालै मन्त्रालयले बिभिन्न डिभिजन र सब डिभिजनलाई काम चलाउ बनाउदै २८ वटा डिभिजन मात्र राख्ने तयारी गरेको छ । तर असार २७ गते लोकसेवा आयोगमा प्रवेश गर्दा पेश गरेको नागरिकताका आधारमा मन्त्रालयबाट अनिवार्य अवकाश पाएका नायकले कार्यालयका निमित्त प्रमुख तोकिएका कौशल कुमार यादवलाई कार्यकक्षमा बस्न नदिई कार्यालय प्रमुखको कार्यकक्ष छाडेका छैनन् ।…

Read More

जंगली च्याउ खादा तीनजनाको मृत्यु

जंगली च्याउ खादा तीनजनाको मृत्यु

जंगली च्याउ खाँदा तीनजनाको मृत्यु भएको छ । मंगलवार बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको…

Read More

स्विमिङ पुलमा डुबेर एकको मृत्यु

स्विमिङ पुलमा डुबेर एकको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् । होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ। स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको छ।रासस

Read More

घाँसकाट्ने क्रममा भिरबाट लडेरे किशोरीको मृत्यु

घाँसकाट्ने क्रममा भिरबाट लडेरे किशोरीको मृत्यु

फाइल तस्बिर रुकुम पश्चिमको आठसविसकोट नगरपालिकामा एक बालिकाको भिरबाट लडेर मृत्यू भएको छ । १६ बर्षिया  किशोरी घास काट्ने क्रममा भिरबाट लडेर मृत्यू भएको छ । सोमबार दिउँसो करिब १  बजेतिर १६ वर्षिया डिला वि.क गाई बस्तुलाई घाँस ल्याउन जँगल गएकी थिईन् । आटविसकोट नगरपालिका वडा नं. १४ सवारी निवासि वि क घाँसकाट्ने क्रममा ठुला भिर भन्ने ठाउँबाट ५ सय मिटर तल लडेर मृत्यू भएको परीवारले जनाएको छ । मृतक वि.क आठविसकोट नगरपालिका १४ को आदर्श उच्च माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत  थिईन् ।

Read More

राजपा सांसद पाण्डेको सपथ पछि ,प्रदेशसभाले पूर्णता पायो

राजपा सांसद पाण्डेको सपथ पछि ,प्रदेशसभाले पूर्णता पायो

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएकी हुन् । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराएका हुन् ।प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भएपनि विवाद भएपछि पन्तलाई राजीनामा दिन लगाएर पाण्डेको…

Read More

सुस्ताबासीले दुई करोड ४६ लाख क्षतिपूर्ति पाउने

सुस्ताबासीले दुई करोड ४६ लाख क्षतिपूर्ति पाउने

वर्षौं देखि डुवानको समस्या भोग्दै आएका सुस्ताबासीले क्षतिपुर्ति पाउने भएका छन्। गत वर्षको वर्षातमा खेतियोग्य जमीन डुवानमा परी क्षति बेहोरेका किसानहरुले क्षतिपुर्ति पाउने भएका हुन्। किसानले क्षतिपुर्ति बापत २ करोड ४६ लाख १२ हजार प्राप्त गर्नेछन्। नेपाल सरकार सिंचाई मन्त्रालयले क्षतिपुर्ति बापतको २ करोड ४६ लाख १२ हजार रकम निकासा गरेको छ। निकासा भएको रकम गण्डक सिंचाई ब्यबस्थापन डिभिजन मार्फत पडित किसानहरुलाई वितरण गरिनेछ। किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउनका लागि आफुहरुले निकै दौडधुप गर्नुपरेको र लामो समयको संघर्ष पछि मात्र रकम नकासा गर्न सफल भएको गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। प्राप्त…

Read More

पूर्वसांसद चौधरीद्वारा सरकारसँग जीवनरक्षाको याचना

पूर्वसांसद चौधरीद्वारा सरकारसँग जीवनरक्षाको याचना

बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा भेरी अंचल अस्पतालको शैयामा छटपटाई रहेकी छन्। उपचारमा संलग्न चिकित्सकले भारत रेफर गरे पनि रकम अभावमा भेरी अंचल अस्पतालमै रहन बाध्य भएको मोतीदेवीले बताइन्। उनले उपचारका लागि आफूसँग रकम नभएकोले जीवन रक्षाका लागि सरकारसँग याचना गरेकी छन्। नेपालगन्जस्थित भेरी अंचल अस्पतालमा उपचाररत चौधरीले समयमा उपचार पाए आफूले पुनर्जीवन पाउने बताउँदै सरकारसँग आर्थिक सहयोगको याचना गरेकी हुन्।…

Read More