यसकारण पोखरा नुडल्स बन्द भयो

यसकारण पोखरा नुडल्स बन्द भयो

व्यवस्थापनसँग विवाद चुलिएपछि पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि त्यहाँ कार्यरत मजदुरले बन्द गराएका छन् । केही मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन्।उद्योग प्रशासनले भने अह्राएको काम नगरेका मजदुरलाई स्पष्टीकरण सोधेको विरोधमा उद्योग नै बन्द गराएको बताएको छ । उद्योग दुई दिनदेखि पूर्ण रुपमा ठप्प छ । मजदुरले मंगलबार दिनभर उद्योग परिसरमा बसेर दिन कटाएका थिए ।केही दिनअघि व्यवस्थापनले मजदुर सञ्जीव अधिकारीलाई उद्योगभित्रकै फरक ठाउँमा खटाएको थियो । विवादको चुरो त्यही हो । सुपरभाइजरले अधिकारीको काममा असन्तुष्टि जनाउँदै अन्यत्र खटाएका थिए । अधिकारीले अटेर गरेपछि…

Read More

हत्या गरि फरार अपराधी १९ वर्षपछि पक्राउ

हत्या गरि फरार अपराधी १९ वर्षपछि पक्राउ

हत्याका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला भएको थियो। २०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ।

Read More

प्रहरीको गाडीबाटै हाम फालेर हतकडीसहित फरार

प्रहरीको गाडीबाटै हाम फालेर हतकडीसहित फरार

पोखरामा एक व्यक्ति हतकडीसहित भागेका छन् । पोखरा –५, प्रस्याङमा सोमबार राति केही व्यक्तिहरुबीच झगडा भएपछि पुगेको प्रहरीले झगडामा संलग्नलाई हतकडी लगाएकोमा एक जना हतकडीसहित भागेका हुन् । स्थानीय राजकुमार परियार हतकडीसहित भागेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवीन कार्कीलेबताए। आफ्नै घरमा तोडफोड गरिरहेका उनलाई स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले हतकडी लगाएको थियो । प्रहरीले उनको खोजी गरिरहे पनि भेटाउन सकेको छैन । राति र बिहान ठूलो मात्रामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीको संख्या कम भएका कारण झगडियाहरु भागेको हुनसक्ने…

Read More

स्याङ्जामा गाई काट्दै गरेका तीन पक्राउ

स्याङ्जामा गाई काट्दै गरेका तीन पक्राउ

मंगलबार विहान स्याङ्जा गाई काटेको आरोपमा चापाकोट नगरपालिका वडा नं २ चिर्केथुङगा निवासीका तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको सई नवराज केसीले जानकारी दिए।  लालबहादुर नेपालीको गोठमा पालिराखेको गाई नेपालीसहित मंगलबहादुर नेपाली र अनिलकुमार नेपाली मिलेर केही पर लगेर काटिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।गाई काट्न सहभागी ३ जना र गाईको मासु सहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक चिनकपुर गुरुङ्ले बताए।गोठबाट झण्डै ७० मिटर परलगी काटिरहेको अवस्थामा…

Read More

पढ्न उमेरले रोकेनः शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भए स्याङ्जाका २० महिला

पढ्न उमेरले रोकेनः शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भए स्याङ्जाका २० महिला

स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताए । हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन, स्थानीय ४८ वर्षीया दीपकला गैह्रेले भनिन्, ‘समयको मागसँगै शिक्षाको महत्व बुझेपछि अहिले कक्षा ५ मा भर्ना भएकी छु, अब पढाइलाई निरन्तरता दिनेछु । नियमित विद्यालय जाने र घरमा पनि छोराछोरीसँग नजानेका कुरा सिक्दै आफ्नो इच्छा पूरा गरेरै…

Read More

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन र १४ वर्षीय साहिया खातुन र अविदा खातुन रहेका छन् । मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

Read More

पढाइ छोड्न बाध्य छन् बालबालिका

पढाइ छोड्न बाध्य छन् बालबालिका

पढने इच्छा छ, स्कूल टाढा छ, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भने । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गरेका सिरपालीको विद्यालय यात्रा कक्षा ५ मा पुगेर रोकियो ।कक्षा ५ पढ्न डेढ घण्टा हिँडेर नर्जा गाउँको विष्णु आविमा पुग्ने सिरपालीले बीचमै विद्यालय छोडे । बिरामी भएर हिँड्न नसकेपछि पढाइ छोडेँ”, उनले भने, “घरमा सबैले पढ भन्नुहुन्छ, मलाई पनि पढ्न मन छ ।पात्ले गाउँका विद्यार्थीले मावि तह नर्जामै पढ्न पाए पनि मावि तह पढ्न तीन घण्टा हिँडेर खुङ्खानी पुग्नुपर्छ । खुङ्खानीको शान्ति माविमा पढ्ने सिरपालीका दाइ जगतले हाजिरी…

Read More

अपडेट: मृतकका परिवारलाई प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने

अपडेट: मृतकका परिवारलाई प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने

बागलुङको बिहुँमा शनिबार करेन्ट लागेर मृत्यु भएका दुई युुवतीहरुका परिवारलाई नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ५/५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । घटना पछि स्थानीयले मध्यपहाडी लोकमार्ग अबरोध गरेका थिए । त्यो सँगै विद्युत प्राधिकरणले यस्तो निर्णय गरेको हो । काठेखोला गाउँपालिका—६ बिहुँमा भएको उक्त घटनाबारे प्राधिकरण बागलुङ केन्द्रप्रति त्यहाँका स्थानीय बासिन्दाले चर्को विरोध गरेका छ । स्थानीयले शनिबार बेलुका तत्काल गाउँपालिका भित्रका सवै पोल तथा विद्युतीय हाइटेन्सन लाइन मर्मत गर्ने, मृृतकका परिवारलाई न्युनतम ५-५ लाख भन्दा सक्दो बढि क्षतिपूर्ति दिने, लगायतका सम्झौता भएपछि मृतकको शव पोष्टमार्टम गर्न…

Read More

क्रिस्चियन धर्म पढाउने संस्थाबाट नौ बालबालिका उद्धार

क्रिस्चियन धर्म पढाउने संस्थाबाट नौ बालबालिका उद्धार

कानूनी रुपमा दर्तासमेत नगरी पोखरा लेकसाइडको डिहिकोपाटनमा सञ्चालन गरिएको न्युभिजन बालगृहबाट कास्की जिल्ला प्रशासनले शनिबार नौ बालबालिका उद्धार गरेको छ । उक्ता संस्थाले बालबालिकालाई क्रिस्चियन धर्म पढाउने गरेको थियो । यसअघि पनि अवैध बालगृह चलाएकी ज्योति गुरुङले सञ्चालन गरेको उक्त संस्थाबाट ५ बालक र ४ बालिकालाई निकालेर जिल्ला बाल कल्याण समितिले अन्त व्यवस्थापन गरेको छ ।बालकल्याण समिति, प्रहरी, प्रशासनका प्रतिनिधिहरु जाँदासमेत टसकोमस नभएकी ज्योतिको संस्थाबाट बालबालिका उद्धार गर्न ४ घन्टा लागेको थियो । प्रशासनका अधिकारीकै शब्दमा ज्योतिले सिकाएअनुसार बालबालिकाले आफूहरुलाई बेच्न लैजान लाने भन्दै बालगृहबाट निस्कन मानेका थिएनन् । बच्चाहरुलाई…

Read More

विद्युतको पोलमै करेण्ट, २ युवतीको मृत्यु , शव उठाउन आफन्तले मानेनन्

विद्युतको पोलमै करेण्ट, २ युवतीको मृत्यु , शव उठाउन आफन्तले मानेनन्

राजेशचन्द्र राजभण्डारी , बाग्लुङ। बागलुङको काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको शनिबार विहान मृत्यु भएको छ । आज बिहानै जंगलमा घाँस लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए । नेपाल बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुइै महिलाको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि…

Read More