अझै उठेन दुई हप्तादेखिको फोहोर, संक्रमण बढ्ने खतरा

अझै उठेन दुई हप्तादेखिको फोहोर, संक्रमण बढ्ने खतरा

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ। बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ। चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ। फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन्। महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा…

Read More

दक्षिणकालीमा सुमो पल्टिँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

दक्षिणकालीमा सुमो पल्टिँदा ११ जना घाइते,  एकको अवस्था गम्भीर

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हनुमाने भञ्याङमा सुमो जिप अनियन्त्रित भएर पल्टिँदा चालक सहित ११ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको महानगरिय प्रहरी प्रभाग फर्पिङले जनाएको छ। घाइते सबैलाई उपचारको लागी मनमोहन सामुदायिक अस्पताल फर्पिङ पठाइएको छ भने गम्भिर घाइते भएकी मकवानपुर घान्द्रुक–३ मनहरकी ४० बर्षीया कृष्णमाया उप्रेतीलाई थप उपचारको लागि बयोधा अस्पताल बल्खु पठाइएको छ। हेटौडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २४३४ नम्बरको सुमो बिहिबार साँझ अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेको महानगरिय प्रहरी प्रभाग फर्पिङले जनाएको छ।

Read More

यसरी जान्छन् बालबालिका भोकभोकै विद्यालय

यसरी जान्छन् बालबालिका भोकभोकै विद्यालय

हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् ।बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् ।घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—साना बालबालिका भोकभोकै स्कुल जाने गरेका हुन् ।हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी भोकभोकै आउने गरेका छन् ।

Read More

गैँडा तस्करीमा संलग्न रहेको आरोपमा माडीबाट थप एक जना पक्राउ

गैँडा तस्करीमा संलग्न रहेको आरोपमा माडीबाट थप एक जना पक्राउ

बन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले माडीबाट थप एक जनालाई पक्राउ गरेको छ। गत असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। दुईदिन अघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय नखुलाइएको ढकालले बताए। दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात भारतीय नागरिक पक्राउ परेका थिए। त्यसमध्ये एकजना यसअघि गैँडा तस्करीमा संलग्न रहेको भन्ने खुलेको निकुञ्जले जनाएको छ। उनलाई जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान…

Read More

निजी कम्पनीले उठाउँदै काठमाडौंको फोहोर

निजी कम्पनीले उठाउँदै काठमाडौंको फोहोर

काठमाडौं जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता(पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ ।प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो । यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन ।अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ ।२३ फागुन ०७४ मा उक्त पिडिएमा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसवेला बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दुई महिनाभित्र अन्तिम हस्ताक्षर गर्ने गरी काम गरिरहेको बताएका थिए ।तर, प्रारम्भिक हस्ताक्षर भएको पाँच महिनापछि अन्तिम…

Read More

संविधान र सरकारले नछोएका बालबालिका (भिडियोसहित)

संविधान र सरकारले नछोएका बालबालिका (भिडियोसहित)

विमल खड्का, टिभी अन्नपूर्ण। वर्षायाम सुरु भएपछि राजधानी तथा राजधानीभन्दा बाहिर जिल्लाका सडक बालबालिकाको बिचल्ली हुने गरेको छ । विभिन्न कारणले घर, परिवार छाडी सडकमा जीवन बिताइरहेका बालबालिकाको वर्षातको समयमादिनहरु सडकमै रुझेर भिजेरै बित्छ । दिन होस वा रात सडकमा नै बिताउने, त्यहींखाने, त्यही घुम्ने, त्यही सुत्ने बालबालिका सडकमै आश्रित छन् । यस्ता बालबालिका असहाय, अशक्त वा विभिन्न घटना वा समस्यामा परेर सडकमा खुल्ला आकाशमुनि जीवन बिताउन बाध्य भइरहेका छन् । कति बालबालिकाका आफन्त नै नभर्इ यसरी रातदिन खुल्ला आकाशमै फिरिरहेका छन् । कति बालबालिकाको यो रहर होला कतिलाई बाध्यता?…

Read More

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थाल्यो

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थाल्यो

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थालेको छ। उपत्यकाको फोहोर बिसर्जन गर्ने सिसडोल ल्याण्डफिल साइट भरिंदै गएको र त्यहाँ पुग्ने बाटो भत्किएका कारण फोहोर बोकेका ट्रक बाटोमै रोकिएका थिए भने सहरको फोहोर पनि उठ्न सकिरहेको थिएन।काठमाडौं महानगरपालिकाले बाटोको कामचलाउ मर्मत गर्दै आँशिक रूपमा फोहोर ल्याण्डफिल साइट पु(याइरहेको जनाएको छ। महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार नियमित भन्दा एकतिहाई मात्र फोहोर व्यवस्थापन गर्न सकिएको छ। ‘तीन ट्रिप पुग्नुपर्ने समयमा एक ट्रिममात्र फोहोर सिसडोल पुयाउन सकेको छौं’, उनले भने। पानी पर्न रोकिएमा सडक केही सहज बन्ने र सबै फोहोर सिसडोल पुयाउन सकिने उनले…

Read More

संघीयताले कार्यालय खारेज हुँदा कर्मचारी अन्योलमा

संघीयताले कार्यालय खारेज हुँदा  कर्मचारी अन्योलमा

बनेपा – संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ। जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला कार्यालय खारेज गरेकाले आफूहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताए। ‘हामी कार्यालयमा भएको सामान कुनै जिल्ला समन्वय समितिको भवनमा, कुनै जिल्ला कृषि कार्यालय त कुनै घरेलुको भवनमा सारिसकेका छौँ।’ उनले भने, ‘भइसकेको काम हस्तान्तरण गर्ने र अडिट गर्ने मात्रै काम भएका कारण कामको चाप भने छैन।’ जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर…

Read More

अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने तयारी

अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने तयारी

राजमार्गमा अस्तव्यस्ता र दुर्घटना बढाएको भन्दैं भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि राजमार्गमा अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने तयारी गरेको छ । केन्द्रीय सरकारको परिपत्र र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै राजमार्ग क्षेत्रमा अटो र ट्याम्पोलाई चल्न रोक लगाउने महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । यसअघि पनि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो गुड्न नदिने निर्णय गरिएपनि त्यो कार्यान्वयनमा आउन सकेको थिए । यसपटक हामी जसरी पनि कार्यान्वयनमा ल्याउँछौं, फुटपाथ हटाउने काम पनि कार्यान्वनमा आयो यो पनि आउँछ मेयर दाहालले भनिन्, ‘यसमा सरोकारवाला सबैको साथ र सहयोग चाहिन्छ ।गतवर्ष असोजमा…

Read More

भक्तपुरमा वितरण गरिएको खानेपानीमा दिसा

भक्तपुरमा वितरण गरिएको खानेपानीमा दिसा

भक्तपुरका विभिन्न स्थानमा वितरण गरिएको खानेपानीमा दिसामा पाईने जिवाणु कोलिफर्म भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा वितरण गरिएको विभिन्न १८ वटा स्थानका पानीको परिक्षण गर्दा १६ वटा स्थानका पानीमा कोलिफार्म भेटिएको हो। परिक्षण गरिएका मध्ये कटुञ्जे तीनधारा र चाँगुनारायण हेल्थपोष्टमा गरिएको परिक्षणमा मात्र कोलिफार्म नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्यविनायक नगरपालिका–८ आशापुरीका दुई, नैचाल र सोचे, –९ काँक्रेबारी र काँक्रेबारी सरस्वती मावि–२ बालकोट हेल्थपोष्ट–१ सिरुटार हेल्थपोष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जेमा गरिएको परिक्षणमा कोलिफार्म भेटिएको हो। त्यसैगरी भक्तपुर नगरपालिकाको व्यासी, मध्यपुर थिमि नगरपालिका–४ बालकुमारी हेल्थ पोष्ट–२…

Read More