वर्षा याममा रौतहट डुब्ने खतरा

वर्षा याममा रौतहट डुब्ने खतरा

रौतहटमा गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ ।सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदाहुँदै पनि ती भत्किएको बाँध अझै पनि निर्माण हुन सकेका छैनन् ।सो नदी नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराको चरम लापरवाहीको कारण यसपालिको वर्षायाममा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा…

Read More

औषधि पसलमा आगलागी तीन घर नष्ट

औषधि पसलमा आगलागी तीन घर नष्ट

सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।त्यस्तै छिमेकी श्रवणलाल विक र हृदयनारायण चौधरीको एक एक घर जलेर नष्ट हुँदा लत्ताकपडा, खाद्यान्न, अन्नपात, भाँडावर्तन र नगद गरी रु दश लाखभन्दा बढीको क्षति भएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको…

Read More

सरकारी स्कूलका शिक्षकको कामः कापी नै नजाँची सीधै अंक, भन्छन्,‘फेल गर्नुहुँदैन, किन जाँच्नु ?’

सरकारी स्कूलका शिक्षकको कामः कापी नै नजाँची सीधै अंक, भन्छन्,‘फेल गर्नुहुँदैन, किन जाँच्नु ?’

तराईका अधिकांश सामुदायिक विद्यालयमा सकेसम्म परीक्षा नै गरिंदैनस, परीक्षा भए कापी जाँचिंदैन र कापी जाँचिए विद्यार्थीलाई लब्धांकपत्र दिइँदैन धनुषा जिल्लाको मिथिला नगरपालिका–२ का प्रमोदकुमार महरा आफ्नी छोरी पढाइमा ‘तेज’ भएको बताउँछन् । उनकै गाउँमा भेटिएका महराले भने, “कक्षा २ मा पढ्ने मेरी छोरीको पढाइ धेरै राम्रो छ ।” राम्रो पढाइकै कारण केही दिनअघि छोेरीलाई स्थानीय एक संस्थाले कापी समेत उपहार दिएको उनको भनाइ छ । आधारभूत विद्यालय नकटाझ्जिमा पढिरहेकी आफ्नी छोरी कवितामाथि गर्व गर्ने बाबु प्रमोदकुमारलाई ‘आफ्नी छोरीको पढाइ राम्रो भनेको के हो र परीक्षामा उनले कुन विषयमा कति नम्बर…

Read More

सुन काण्डका नाइके ‘गोरे’ बिना हतकडी ओर्ले बिराटनगर विमानस्थलमा

सुन काण्डका नाइके  ‘गोरे’ बिना हतकडी ओर्ले बिराटनगर विमानस्थलमा

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्‍याइएको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो । गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिनेछ । यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल ओर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो । सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन ।

Read More

लुकाई राखेको गाँजा पेस्तोल र गोली बरामद

लुकाई राखेको गाँजा पेस्तोल र गोली बरामद

बर्दिवास महोत्तरीमा घरमा लुकाएर राखेको गाँजा पेस्तोल र पेस्तोलमा लाग्ने गाली प्रहरीले बरामत गरेको छ ।  सोमबार साँझ गाँजासहित पेस्तोल र त्यसमा लाग्ने गोली लगायतका सामान महोत्तरी प्रहरीले बरामत गरेको बताइएको छ । प्रहरीले विशेष सुराकीको आधारमा एकडारा गाउँपालिका — ३ अजमरपटृी बस्ने बर्ष नखुलेका जितेन्द्र कुमार मण्डलको घरबाट रातो प्लाष्टिकमा लुकाई राखेको चारपाटे आकारमा प्याक गरेको लागु औषध, गाँजाको १२ वटा प्याकेट ४६ किलो, र गाँजा तौल गर्ने डिजिटल बेटिङ मेशीन १ थान कमानी तराजु १, थान २०० ग्रामको ढक २ वटा र १०० ग्रामको ढक १ थान बरामद…

Read More

दुई मितिनी द्वारा विष सेवन गरि आत्महत्या

दुई मितिनी द्वारा विष सेवन गरि आत्महत्या

महोत्तरी जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् ।बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार, ढिला घर फर्केको भन्दै आमाले गाली गरेको मामुली निहुँमा उनीहरुले विषय सेवन गरेर आत्महत्या गरेका हुन् ।सोमबार छिमेकीको घरमा भएको पूजा हेर्न गएका उनीहरुलाई आमाले कहाँ गएको भन्दै गाली गरेकी थिइन् । लगत्तै उनीहरुले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर ल्याएको र त्यही खाएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कुवेर कडायतले…

Read More

हत्यागरि फरार अभियुक्त पक्राउ

हत्यागरि फरार अभियुक्त पक्राउ

अनिल पोखरेल ,राजविराज। हत्या गरी फरार भएका सप्तरीको शम्भुनाथ नगरपालिकामा ७ का ३० वर्षीय आनन्द चौधरीलाई पक्रउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले आनन्दलाई सार्वजनिक गरेको छ । उनले नाताले भतिजा पर्ने १८ वर्षीय अजय चौधरीको बैसाख २५ गते गाउँमा भइरहेको वैवाहिक कार्यक्रममा मोटरसाइकल पार्किङ गर्ने विषयमा अजय र आनन्दबीच विवाद हँदा अजयको हत्या भएको प्रहरीले जनाएको छ । अजयको हत्यालगत्तै आनन्द फरार थिए । उनलाई घटनाको ७२ घन्टाभित्रै सिरहाको लहान बजारवाट पक्राउ गरिएको एसपी मुकेशकुमार सिंहले बताए । काका–भतिजाबीच विवाद भएपछि आवेशमा आएर आनन्दले अजयको टाउकोमा…

Read More

जेठ १३ बाट प्रदेश २ को वर्षे अधिवेशन

जेठ १३ बाट प्रदेश २ को वर्षे अधिवेशन

प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कायस्थले जेठ १३ गतेबाट अधिवेशन सुरु गर्न प्रदेशसभा सचिवालयलाई निर्देश गरेका हुन्।प्रदेशसभाको २५ औं बैठकमार्फत गत चार गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरिएको थियो। प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानुन निर्माण गर्न ढिलाइ भइरहेको भन्दै लामो ग्याप हुन नदिन जेठ १३ गते बर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ। बर्खे अधिवेशनको प्रथम बैठक अगामी आइतबार दिउँसो एक बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रन्जित यादवले…

Read More

भन्सार छली नेपाल भित्र्याउदैँ गरेको सामान बरामद

भन्सार छली नेपाल भित्र्याउदैँ गरेको सामान बरामद

अनिल पोखरेल सप्तरी । भन्सार छली नेपाल–भारत आयात–निर्यात हुँदै गरेको ३ लाख ११ हजार मूल्य बराबरको सामान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । बोदेबर्साइन नगरपालिका ९ बाट ७५ हजार र छिन्नमस्ता गाउँपालिका ४ लोखरमबाट ३५ हजार मूल्य बराबरको कपडा बरामद भएको हो । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित दशगजाबाट २ लाख ११ हजार मूल्य बराबरको चाइनिज मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। विआर ०७ एक्स ५८१८ नम्बरको मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सखडा र…

Read More

वर्षौदेखि बाढीको जोखिममा तराई वासी, दिगो समाधान खै ?

वर्षौदेखि बाढीको जोखिममा तराई वासी, दिगो समाधान खै ?

अनिल पोखरेल , राजविराज । चुरेक्षेत्र भएर बग्ने आधा दर्जनभन्दा बढी खहरे खोलाको बाढीले हरेक वर्ष तराई क्षेत्रमा विपद् निम्त्याउँछन् । धनजनको क्षति, हजारौं बिघा जमिन कटान र डुबानको समस्या सप्तरीका लागि नौलो होइन । हालसम्म पनि बाढी नियन्त्रणको भरपर्दो समाधान हुन नसक्दा प्रभावित क्षेत्रका सर्वसाधारणको मनमा फेरी त्रास बढेको छ । मनसुन शुरु हुन केही साता मात्र बाँकी रहँदा पनि ठेकेदारले काम सम्पन्न गर्न सक्दा फेरी बाढी आउँलान् कि भने डरले सर्वसाधारण त्रसित हुन थालेका छन । गत बर्षको साउन २६ गते सप्तरीको खाँडो खोलामा आएको बाढीमा परी राजविराज–१५,…

Read More