गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुयाउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिएका छन् ।हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पु(याइने सूचना अधिकृत…

Read More

दुई छोरी जन्माउनेले ६ हजार पाउने

दुई छोरी जन्माउनेले  ६ हजार पाउने

बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।छोरी जन्माएवापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्यरुपमा पालना गर्नुपर्ने महानगरपालिकाले मापदण्ड तोकेको छ । जस्तो– २० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा…

Read More

खुम्बुमा हेलिकोप्टर नियन्त्रण गर्न युनेस्कोको सुझाव

खुम्बुमा हेलिकोप्टर नियन्त्रण गर्न युनेस्कोको सुझाव

खुम्बु क्षेत्रमा मापदण्ड मिचेर कम उचाइमा हेलिकोप्टर उडान गर्दा संरक्षित वन्यजन्तुको जीवन चक्रमा गम्भीर असर पुर्‍याएको भन्दै युनेस्कोले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव दिएको छ। हेलिकोप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्नेसमेत अवस्था आएपछि युनेस्कोले त्यसलाई नियमन गर्न सुझाएको हो।विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका वन्यजन्तुमाथि हेलिकोप्टरको अस्वाभाविक चहलपहल एवं जथाभावी उडानले दैनिक जीवनमा असर पुर्‍याएको युनेस्कोको भनाइ छ। रेड पान्डा, कस्तूरी, बाघ, भालु, हिउँचितुवा आदि वन्यजन्तुको प्रजनन अवस्था, वासस्थानलगायत दैनिक क्रियाकलापमा असर पुग्ने गरेको…

Read More

जुट मिलका कर्मचारी आन्दोलनमा

जुट मिलका कर्मचारी आन्दोलनमा

लामो समयदेखि वन्द विराटनगर जुट मिल्समा कार्यरत कर्मचारीको करार सेवा समाप्त भएपछि आन्दोलनमा उत्रेका छन् । करारमा कार्यरत २४ कर्मचारीमध्ये सञ्चालक समिति अध्यक्ष बसन्त वनले छानेर १० जना कर्मचारीलाई मात्र निष्कासन गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् । वनले साउन १ गते करारसेवा समाप्त भएका १० कर्मचारीलाई पत्रमार्फत जानकारी गराएका थिए । उक्त जानकारीपछि उनले इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलसमेतको उपस्थितिमा हालसम्म बाँकी रहेको तलबभत्ताको अभिलेख तीन दिनभित्र तयार पारेर किस्ताबन्दीमा तलब भुक्तानी दिने जानकारी गराएका थिए । जुटमिल बन्द रहेकाले त्यहाँ कार्यरत २४ जना कर्मचारीले…

Read More

पोल हराएको विवादले ९ वर्षदेखि स्थानीय अन्धकारमा

पोल हराएको विवादले ९ वर्षदेखि स्थानीय अन्धकारमा

स्थानीय बासिन्दा र ठेकेदार कम्पनीबिच पोल हराएको विषयमा भएको विवादका कारण रामेछाप र ओखलढुङ्गा जोड्ने विद्युत् विस्तार आयोजना नौ वर्षदेखि अलपत्र परेको छ ।  रामेछापको साँघुटारदेखि ओखलढुङ्गा सदरमुकाम जोड्ने साँघुटार–ओखलढुङ्गा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण आयोजना पोलको विषयमा सुरु भएको विवाद समाधान नहुँदा आयोजना नै अलपत्र परेको हो ।तत्कालीन समयमै साँघुटारदेखि घोराखोरीसम्मको १० किलोमिटर क्षेत्रमा गाडिएको पोल हराएको विषयमा स्थानीय र ठेकेदार कम्पनी न्यु साताक्री कन्ट्रक्सनबीच विवाद बढेको थियो । ठेकेदार कम्पनीले त्यस क्षेत्रमा पोल गाडिएको र बिचका केही क्षेत्रको पोल स्थानीयले उखेलेर माइक्रोहाइड्रोमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ…

Read More

सरकारले थाल्यो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सरकारले थाल्यो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

पाँच सदस्यीय रहेको प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ। प्रदेश सरकारले मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउन छलफल थालेको हो। मुख्यमन्त्री शेरधन राईले सात सदस्यीय मात्र बनाउने योजना बनाए पनि सानो आकारको मन्त्रिपरिषद्बाट काम कर्न कठिनाइ भएको जनाइएको छ। सत्तारुढ नेकपाका धेरै सांसदले मन्त्रिपरिषद् विस्तार गरिनुपर्ने माग गरेका छन्।प्रदेशसभा सदस्य संख्याको हिसाबले यो प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद् बन्न सक्ने अवस्था छ। संविधानको धारा १६८ (९)ले प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश सरकारको मन्त्रिपरिषद् संख्या तोकेको छ। यो प्रदेशमा ९३ सांसद छन्। २० प्रतिशतले १८ जनासम्मको…

Read More

आन्तरिक राजस्व कार्यालय लहानको कटारीमा अन्तर्क्रिया

आन्तरिक राजस्व कार्यालय लहानको कटारीमा अन्तर्क्रिया

अभिमन्यु लामिछाने,उदयपुर आन्तरिक राजस्व कार्यालय लहानले कटारीमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ।आइतबार भएको अन्तर्क्रियामा आन्तरिक राजस्व कार्यालय लहान का प्रमुख गोविन्द अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कटारीका अधिकांश ब्यापारिहरुको उपस्थित रहेको थियो।आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख गोविन्द अधिकारीले आब ०७५र७६ मा कर सम्बन्धी व्यवस्था भएका बारे,पुरानो भ्याट विवरण जरिवाना छुट हुने ०७१ देखि यताको विवरण भरेमा अगाडीको छुट हुने,दर्ता प्रक्रिया,अनिवार्य भ्याट मा दर्ता बारे जानकारी गराएका थिए ।मार्केटिंग,अन्त-शुल्क को नयाँ दर बारे जानकारी पनि गराउनु भएको थियो।जानकारी सँगै कटारीका केही ब्यापारीहरु एउटै बिलबाट ओखलढुङ्गा, खोटाङ तीर धेरै पटक समान…

Read More

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर मृत फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर सोमबार बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्।मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Read More

युवतीलाई सामुहिक बलात्कार गर्ने चार युवक रंगेहात पक्राउ

युवतीलाई सामुहिक बलात्कार गर्ने चार युवक रंगेहात पक्राउ

उदयपुरको त्रियुगानगरपालिका–६ सगरमाथा लोकर्मागको चुरे क्षेत्रमा एक युवतीलाई सामुहिक बलात्कार गर्ने ४ युवकलाई सोमबार बिहान रंगेहात पक्राउ गरिएको छ । भारतीय युवतीलाई फकाएर चुरे क्षेत्रमा ल्याई गाडी भित्रै बलात्कार गर्ने ४ युवकलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । पक्राउ परेकामध्ये एक लहानको प्रतिष्ठित व्यापारी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरी उपरीक्षक भट्टले बताए ।

Read More

विश्वकप हेर्दै गरेकी युवतिमाथि सामूहिक बलात्कार

विश्वकप हेर्दै गरेकी युवतिमाथि सामूहिक बलात्कार

फिफाको विश्वकप २०१८ हेर्नेक्रममा उदयपुरमा आइतबार राति सामूहिक बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले विश्वकप हेर्नेक्रममा सामूहिक बलात्कार गर्ने सिरहा लहानका तीन युवा रंगेहात पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेलाई सोमबार मध्यान्ह १२ वजे पत्रकार सम्मेलन गरी जानकारी दिने भट्टले जनाए। उनले भने, ‘हामीले रंगेहात सिरहा लहानका तीन जना युवा पक्राउ गरेका छौ, पत्रकार सम्मेलन गरेर मात्र सार्वजानिक गछौ।’ प्रहरी प्रमुख भट्टले सामूहिक रुपमा बलात्कार भएको प्रमाणसहित पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन भन्दा अघि केही जानकारी नदिने दाबी गरेका छन्।

Read More