धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ । यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरी सेवा दिइएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । चारै…

Read More

नेपाल टेलिकमको अप्टिकल फाईबर नेटवर्क तीन सय ७५ किलोमिटर पुग्यो

नेपाल टेलिकमले हालसम्म तीन ७५ किलोमिटर अप्टिकल फाइबर नेटवर्क जडान गरिसकेको जनाएको छ । कम्पनीले २०७५ असार मसान्तसम्म चार सय किलोमिटर एडिएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेको थियो। आर्थिक वर्ष २०७५( ७६ को पहिलो त्रैमासमा थप चार सय ५० किलोमिटर जडान गरी हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ ।हालसम्म सम्पन्न नेटवर्कमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर छन् । त्यसैगरी, तामाकोसी पुल–खिम्ती–मन्थली–सिन्धुली ११५।८० किलोमिटरमध्ये ९० किलोमिटर सम्पन्न भएको छ । बेनी–जोमसोम ११३।४४ किलोमिटरमध्ये ९५ किलोमिटरमा जडान भएको छ ।बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगन्ज…

Read More

यी चार जिल्लामा नेपाल टेलिकमको निशुल्क इन्टरनेट सेवा

यी चार जिल्लामा नेपाल टेलिकमको निशुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ ।भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ ।समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका…

Read More

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट ९ःक्ष्क् च्भउयचत० अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् । सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् । २०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४…

Read More

नेपालमा १५ लाख फोरजी प्रयोगकर्ता, एनसेलको इन्टरनेट बिश्वकै महंगो

नेपालमा १५ लाख फोरजी प्रयोगकर्ता, एनसेलको इन्टरनेट बिश्वकै महंगो

नेपालमा फोरजी सेवाको प्रयोग गर्नेको सङख्या झण्डै १५ लाखको हाराहारीमा रहेको नेपाल दुरसञ्चार प्राधिकरणले जनााएको छ । सेवा प्रदायकका नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकममार्फत १५ लाख ग्राहकले यो सेवा लिएको तथ्याङ्क छ । जसअनुसार एनसेल र नेपाल टेलिकमका प्रयोगकर्ता बढि छन भने स्मार्ट टेलिकमका प्रयोगकर्ता तुलनात्मक रुपमा यी कम्पनीका भन्दा कम छन । नेपालमै पहिलोपटक फोरजी सेवा शुरु गरेको नेपाल टेलिकमले अहिले काठमाडौं उपत्यकासहित पोखरा लगायतका केही स्थानमा छन भने । टेलिकमपछि फोरजी सेवा सुरु गरेको एनसेलले आफ्नो सेवालाई नेपाल टेलिकमको भन्दा बढि स्थानमा बिस्तार गरेको छ । नेपालमा फोरजी…

Read More

नौ महिनामा नेपाल टेलिकमको नाफा १२ अर्ब

नौ महिनामा नेपाल टेलिकमको नाफा १२ अर्ब

नेपाल टेलिकमको चालू आ व को ९ महिनामा गत बर्ष भन्दा चार दशमलव ७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । गत आवको नौ महिनामा टेलिकमको नाफा ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख आम्दानी गरेको छ ।यो गत वर्षको समान अवधिको तुलनामा ३ प्रतिशतले बढी हो ।कम्पनीको चुक्ता पुँजी १५ अर्ब…

Read More

बाग्लुङ र डोल्पा जिल्लाका अति दुर्गम ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा

बाग्लुङ र डोल्पा जिल्लाका अति दुर्गम ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा

नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरेको हो । ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । यो सेवाबाट त्यस स्थानका करिव ५ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा…

Read More

यस्ता छन् नयाँवर्षको उपलक्ष्यमा टेलिकमका आकर्षक प्याकहरु

यस्ता छन् नयाँवर्षको उपलक्ष्यमा टेलिकमका  आकर्षक प्याकहरु

नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । एडीएसएल अफर भने ९० दिनसम्म लिन सकिने छ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको…

Read More

नेपाल टेलिकमले आजबाट पैसा सापटी दिने, यस्तो छ प्रक्रिया

नेपाल टेलिकमले आजबाट पैसा सापटी दिने, यस्तो छ प्रक्रिया

नेपाल टेलिकमले आज शुक्रबारदेखी ‘नमस्ते क्रेडिट’ सेवा सूचारु गर्ने भएको छ ।  ग्राहकको सेवाका लागि टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा मार्फत सापटीको व्यबस्था गर्न लागेको हो । टेलिकमले आफ्नो  १४ औंँ वार्षिकोत्सवको अवसरमा गत माघ २३ गते यो सेवाको सफ्ट लन्च गरेको थियो । तत्कालिन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मोबाइलमा कुरा गर्दै यो सेवा सुरु गरेका थिए । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरेका हुन । यस सेवा अन्तर्गत फोन गर्दागर्दै पैसा सकिए पनि फोन काटिने छैन । अब ग्राहकले ५ रूपैयाँदेखि ४०…

Read More

नेपाल टेलिकमले गर्यो सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा सेवा विस्तार

नेपाल टेलिकमले  गर्यो सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा  सेवा विस्तार

नेपाल टेलिकमले  सेवा विस्तारको क्रमलाई तिव्रता दिएको छ । कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको हो । कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । अव ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ ।  उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति…

Read More