एनआईसी एसियाले पुनः ल्यायो १२ प्रतिशत ब्याज सहितको  निक्षेप योजना

एनआईसी एसियाले पुनः ल्यायो १२ प्रतिशत ब्याज सहितको  निक्षेप योजना

एन आई सी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखी सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैङ्कले जनाएको छ ।धनबर्षा मुद्दती योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकहरूले लाभ लिन सकुन भन्ने उदेश्यले सञ्चालन गरिएको यो योजना देशभर रहेका एनआई सी एसिया बैङ्कको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने जनाएको छ । एक वर्षको अवधिको लागी खोल्न…

Read More

एनआईसी एसिया बैंककोे शाखा भोक्राहामा

एनआईसी एसिया बैंककोे शाखा भोक्राहामा

सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी एसिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठौ शाखारहित बैंकिङ सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको समुद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले संयुक्त रूपमा गरे । सो शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिको रूपमा मतिबुल राईनलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका…

Read More

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

३१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडमा सोमबार उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा वाणिज्य बै‌ंकको शाखा खोल्ने सरकार र राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे । यस बैंकको हालसम्म २१० शाखा कार्यालय, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढी पुगिसकेको र ११० अर्ब कर्जा पुुगेको बैंकले जनाएको…

Read More

एनआईसी एशियाले सुरु गर्यो क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात

एनआईसी एशियाले सुरु गर्यो क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन सँगको सहकार्यमा क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन, क्यानडा सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट  स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।उक्त सम्झौता अनुसार रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन मार्फत रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन र युएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी…

Read More

एन आई सी एशियाले ल्यायो आफ्नो ग्राहकलाई बर्ष भरी छुटैछुटको बहार

एन आई सी एशियाले ल्यायो आफ्नो ग्राहकलाई बर्ष भरी छुटैछुटको बहार

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ । २०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा…

Read More

गैंडाकोटमा एनआईसी एसियाको नयाँ शाखा

गैंडाकोटमा एनआईसी एसियाको नयाँ शाखा

एनआईसी एसिया बैंकले आफ्नो शाखा विस्तारको क्रममा नवलपुर जिल्लाको गैंडाकोटस्थित कांग्रेस चोकमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबार गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर नयाँ शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन ।सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय कियामा बैंकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैंक गैंडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुंगा भएको बताए । अब एनआईसी बैंकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वाससमेत व्यक्त गरेका थिए ।बैंकको १७४ औं शाखाका रूपमा कांग्रेसचोकमा एटीएमसहित सेवा औपचारिक रूपमा…

Read More

इलामको गोदकमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा

इलामको गोदकमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा

एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । सोहि क्रममा बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत…

Read More

एनआईसी एशिया बैंकले मुद्दती खातामा अग्रीम ब्याज भुक्तानी दिने

एनआईसी एशिया बैंकले  मुद्दती खातामा अग्रीम ब्याज भुक्तानी दिने

“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ । यस योजना अन्तरगत, ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी पाउने बैकले जनाएकोे छ । यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि पाईने बैंकले जनाएको छ । व्यक्तिगत र संस्थापक…

Read More

बैँकर्स संघको निणर्य बाफिया विपरित,राष्ट्र बैँक भन्छ : कारबाही गर्न मिल्दैन

बैँकर्स संघको निणर्य बाफिया विपरित,राष्ट्र बैँक भन्छ : कारबाही गर्न मिल्दैन

नेपाल बैँकर्स संघले बाफिया ऐनलाई मिच्दै वित्तीय बजारलाई सिन्डिकेट लगाउन खोजेपछि बैकर्स एशोसिएसन र एनआईसी एशिया बैंकबीच बिवाद चर्किएको छ । बैँकर्स संघले वाफिया ऐनको तेस्रो बुदाँमा उल्लेखित सिण्डिकेट गर्न नपाउने प्रावधान बिपरित एनआईसी एशिया बैंकसँगको अन्य बैंकको अन्तर बैंक कारोबार रोक्का गर्ने निणर्य गरेपछि बिवाद बढेको हो । संघले बैंकहरुले बचतमा ८ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिन गरेको सर्कुलर बिपरित एनआइसी एशिया बैंकले बचतमा १० र मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिने भएपछि कारबाही स्वरुप अन्तरबैंक कारोबार रोक्ने निणर्य गरेको थियो । संघको निर्णयमा एनआईसी…

Read More

एनआईसी एशिया बैंकको १२ प्रतिशत व्याज पाईने ‘धनवर्षा मुद्धती खाता’

एनआईसी एशिया बैंकको १२ प्रतिशत व्याज पाईने ‘धनवर्षा मुद्धती खाता’

  आक्रमक ब्राण्डिङ सहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गदैं आएको अग्रणी वाणिज्य बैंक एनआईसी एशियाले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । एक बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेका १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९०%सम्म कर्जा समेत उपलब्ध गराउन सकिने छ । त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा…

Read More