नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस सेयर पारित

नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस सेयर पारित

नेपाल लाइफ इन्स्योरेन्सको बुधबार वीरगन्जमा सम्पन्न १८औं वार्षिक साधारणसभाद्वारा सेयरधनीहरूलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर २८.५३ (कर सहित) रुपैयाँ वितरणको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय ४८ रुपैयाँ हुनेछ भने साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी आठ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ । अध्यक्ष गोविन्दलाल संघाईले साधारणसभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा वर्षमा कम्पनीले कुल बिमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई…

Read More