सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्महत्या गर्ने धम्की

सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्महत्या गर्ने धम्की

 ‘पद्मावत’को नामबाट प्रदर्शनको अनुमति पाएको सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’लाई रोक लगाउन महिलाहरुले माग गरेका छन्। नाम परिवर्तन र ५ संशोधनका बाबजुद प्रदर्शनको तयारीमा रहेको फिल्मको विरोध अझै रोकिएको छैन्। यसैक्रममा चित्तौडगढका महिलाहरुले बैठक गरेर सरकारले फिल्मको प्रदर्शनमा रोक नलगाए आत्मदाह गर्ने धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चित्तौडगढमा आइतबार आयोजित ५ सय जना उपस्थित बैठकले फिल्मको विरोध गर्दै कडा संघर्षमा उत्रिने निर्णय गरेको छ। उच्च घरानाका सयभन्दा बढी महिला सहभागी बैठकमा फिल्ममा रोक नलगाए आत्मदाह गर्ने धम्की उनीहरुले दिएका थिए। इतिहासको तोडमोड गरेको भन्दै सुरुदेखि नै विरोधमा उत्रिएको राजपूत…

Read More

किन आउँदैछन् सलमान र कट्रिना नेपाल ?

किन आउँदैछन् सलमान र कट्रिना नेपाल ?

आगामी फागुन २५ गते सलमान खान नेपाल आउँदैछन् । पहिलोपटक उनकै मुखबाट नेपाल आउन लागेको सुनिएको हो । उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् । कट्रिना अमेरिकामा जाने पक्का भएपनि नेपाल भने आउने छैनन् । टाइगर जिन्दा हैको सफलतापछि सलमानले टुरमा कट्रिनालाई पनि सहभागि गराउन लागेका हुन् । नेपालमा ओडिसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

Read More

नम्रता श्रेष्ठको पर्दामा कमब्याक, जाइरामा बक्सर बन्दै नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठको पर्दामा कमब्याक, जाइरामा बक्सर बन्दै नम्रता श्रेष्ठ

अभिनेत्री नम्रता श्रेष्ठ पुनः पर्दामा कमब्याक तयारीमा छन् । पछिल्ला सिनेमा लगातार असफल भएपछि यसलाई सफल तुल्याउनुपर्ने चुनौति पनि उनीसामु छ । उनले अभिनय गर्न लागेको नयाँ सिनेमा जाइरा हो । जहाँ उनलाई एक महिला बक्सिङ खेलाडीको रुपमा देख्न सकिन्छ । यो स्पोर्ट्स जानराको फिल्म हो वा होइन, स्वतन्त्र पुष्टि भैसकेको छैन । नम्रताले समेत यसबारे खुलाएकी छैनन् । उनले फिल्ममा अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स गर्ने जनाइएको छ । प्रायः फिल्ममा भिलेनको रोलमा देखिँदै आएका अनुप यसमा पजेटिभ पात्रमा देखिने अड्कल काटिएको छ । डेब्यु निर्देशक आशुतोष श्रेष्ठले निर्देशन गर्ने…

Read More

यसकारण हमालले पोस्टपोन्ड गरे निर्देशकीय प्रोजेक्ट

यसकारण हमालले पोस्टपोन्ड गरे निर्देशकीय प्रोजेक्ट

वर्ष पहिले फिल्म निर्देशनको तयारीमा थिए राजेश हमाल । अहिले पूर्णरुपमा समाज सेवामा होमिएका छन् । यी अभिनेताले कथावस्तु चयन र स्क्रिप्ट लेखनलाई पनि अघि बढाउने काम थालेका थिए । तर, आफूले गर्ने भनेको प्रोजेक्टलाई केही वर्ष लागि थाँती राखेको हमालले जनाएका छन् । ‘दुई तीन वर्ष अझै सामाजिक कार्यमा व्यस्त हुनेछु’ हमालले भने, ‘दिमागमा फिल्मको विषय सोचेपनि यसले मूर्तरुप भने दुईवर्ष नै पाउन सक्छ ।’ पत्नी र सामाजिक कार्यलाई समय खर्चिएका हमालका पछिल्ला सबै सिनेमा बक्सअफिसमा असफल भएपछि उनले निर्देशनतर्फ लाग्ने सोचेका थिए । उनको सोच राजनीतिमा पनि लाग्ने…

Read More

अमेरिकी राष्ट्रपति बन्न अबको चुनाव लड्दैछन यि महिला

अमेरिकी राष्ट्रपति बन्न अबको चुनाव लड्दैछन यि महिला

हलिउड अभिनेत्री ओफ्रा विन्फ्रेले सन् २०२० को अमेरिकी राष्ट्रपतिय चुनाव लड्ने भएकी छन् । सोमबार बिहान गोल्डेन ग्लोब्स अवार्डमा सशक्त भाषण दिएपछि पुनः चर्चामा आएकी एक्ट्रेस एवं टेलिभिजन पर्सनालिटी ह्वाइट हाउसका लागि लड्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । उनी निकट स्रोतले विन्फ्रेले चुनाव लड्ने मनस्थिती बनाएको र अहिल्यैदेखि डेमोक्राट दलको उम्मेदवारमा लबिङ थालेको जनाइएको छ । केही हलिउड मिडियाले उनको गोल्डेन ग्लोब्स भाषण राजनीतिमा सक्रिय हुने संकेत रहेको र ट्रम्पका लागि चुनौति बनेको बताएका छन् । उनले उक्त भाषणमा अमेरिकी मिडिया र हलिउडमा महिलामाथि हुने यौन शोषणको चर्को विरोध गरेकी…

Read More

बक्स अफिसमा भिडन्त : अक्षयकाे ‘प्याडम्यान’ सँग भिड्ने भयो ‘पद्यमावत’

बक्स अफिसमा भिडन्त : अक्षयकाे ‘प्याडम्यान’ सँग भिड्ने भयो ‘पद्यमावत’

अन्तत, लामो समयको लफडापछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ । गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो । चलचित्रको नाम सुरुवातमा ‘पद्मावती’ राखिएको थियो । तर, चलचित्र सेन्सर बोर्डले ५ वटा दृश्यमा केहि फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न भनेको थियो । जनवरी २६ को बिदालाई मध्यनजर राख्दै ४ दिनको विकेन्डमा राम्रो कमाई गर्ने सोच यसको मेकरले लिएको प्रष्ट छ । यो…

Read More

बलिउडका यी चर्चित ७ जोडी जो बिहेको तयारीमा छन्

बलिउडका यी चर्चित ७ जोडी जो बिहेको तयारीमा छन्

सन् २०१७ को अन्त्यतिर अनुष्का शर्माले आफ्ना प्रेमी क्रिकेटर विराट कोहलीसँग बिहे गरिन् । लामो समयदेखिको प्रेमसम्बन्धलाई उनीहरूले डिसेम्बर १२ मा बिहेमा परिणत गरे । बलिउडमा अनुष्का र विराटजस्ता थुप्रै प्रेमजोडी छन् । भारतीय अनलाइन मिडियाले सन् २०१८ मा बिहे गर्न सक्ने केही जोडीको बारेमा रिपोर्ट तयार गरेका छन् :रणवीर र दीपिका रणवीर सिंह र दीपिका पादुकोण लामो समयदेखि प्रेममा छन् । उनीहरू अभिनीत पद्मावत प्रदर्शनको तयारीमा छ । उनीहरू अब त्यसकै प्रमोसनमा लाग्दैछन् । फिल्म अभिनयसँगै उनीहरूले सन् २०१८ मै बिहे गर्न सक्ने मिडियाहरूको दाबी छ । दीपिकाले गत…

Read More

गोल्डेन ग्लोब्समा मिजौरी सर्वोत्कृष्ट (विजेताको सूचीसहित)

गोल्डेन ग्लोब्समा मिजौरी सर्वोत्कृष्ट (विजेताको सूचीसहित)

७५ औं गोल्डेन ग्लोब्स अवार्ड वितरण गरिएको छ । हलिउडको बेभर्ली हिल्समा आज बिहान विश्वकै दोस्रो ठूलो प्रतिष्ठित अवार्ड वितरण गरियो । सिनेमा द बिलबोर्ड्स आउटसाइड्स एबिङ, मिजौरीले सर्वोत्कृष्ट ठहरियो । यसले फिल्मसहित अभिनेत्री, पटकथा, सहायक अभिनेता विधामा ट्रफी उचाल्यो । अमेरिकी क्राइम थ्रीलर उक्त फिल्मले छोरीको हत्यारा खोज्न प्रहरी असफल भएपछि तीन ठूला बिलबोर्ड राखेर हत्या पत्ता लगाउन आमाले गरेको संघर्षको कथा पेश गर्छ । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो । चर्चित सिनेमा द सेप अफ वाटरबाट गुलेरमो डेल टोरो सर्वोत्कृष्ट निर्देशक बने । लेडी बर्डले उत्कृष्ट कमेडी…

Read More

फुलटाइम पब्लिसिटीमा हिँड्नको लागि प्रियंकाले मागिन ११ करोड

फुलटाइम पब्लिसिटीमा हिँड्नको लागि प्रियंकाले मागिन ११ करोड

आइतबार बटरफ्लाइ प्रेसमिटमा प्रियंका कार्की केही डिफेन्सिभ सुनिइन् । प्रायः सिनेमा प्रचारमा नहिँड्ने भनेर आरोप खेपिरहेकी उनले नेपाली फिल्मलाई नेपाली फिल्मकै रुपमा बुझ्न र भारतीय सिनेमा उद्योग बलिउडसँग तुलना नगर्न सुझाइन् । ‘यदि मलाई कोही प्रोड्युसरले ११ करोड दिनुहुन्छ भने मरिमेटेर पब्लिसिटीमा हिँड्न तयार छु’ कार्की भन्छिन्, ‘म पनि संघर्ष गरिरहेकी अभिनेत्री हुँ । संक्रमणकै समयमा छु । स्टेरियोटाइप ब्रेक गर्न प्रयत्न गरिरहेकी छु । कृपया बलिउडसँग तुलना नगरिदिनुहोला ।’ उनको तर्क सुन्दा लाग्छ, पैसाकै लागि कलाकार पब्लिसिटीमा हिँड्छन् र बाध्यता पनि । यसबारे उनलाई प्रेसमिटमा थप प्रश्न पनि तेर्साइए…

Read More

ट्रम्पले मागे हलिउड फिल्म ‘द पोस्ट’को ह्वाइट हाउस प्रदर्शन

ट्रम्पले मागे हलिउड फिल्म ‘द पोस्ट’को ह्वाइट हाउस प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चर्चामा रहेको हलिउड सिनेमा द पोस्टलाई ह्वाइट हाउसमा प्रदर्शन गर्न निर्देशक स्टिभन स्पिलवर्गलाई आग्रह गरेका छन् । आइतबार पेन्सिलभेनियामा सुरु हुने क्याम्प डेभिड सम्मेलनलाई सम्बोधन गर्नुको पूर्वसन्ध्यामा ट्रम्पले निर्माता कम्पनी फक्सलाई पत्र लेखेर फिल्म देखाइदिन आग्रह गरेको हलिउड रिपोर्टरले जनाएको छ । भियतनाम युद्धमा अमेरिकी पराजयपछि पेन्टागनद्धारा लुकाइएका गोप्य सूचनालाई वासिङ्टन पोस्टले सार्वजनिक गरिदिएको पत्रकारिताको ऐतिहासिक घटनालाई फिल्मले चित्रण गर्छ । यो जर्नलिज्म ड्रामालाई आगामी अस्कर अवार्डको दाबेदारको रुपमा हेरिएको छ । रोचक त के छ भने, द पोस्ट सिनेमाका दुई महत्वपूर्ण कलाकार मेरिल…

Read More