ला लिगाः बार्सिलोना उपाधिको नजिक, संकटमा रियल मड्रिड

ला लिगाः बार्सिलोना उपाधिको नजिक,  संकटमा रियल मड्रिड

काठमाडौं । ला लिगा आधा बाटोमा आइपुगेको छ र पहिलो राउन्डमा सशक्त प्रदर्शनपछि बार्सिलोनाले उपाधि आफ्नो पोल्टोमा पार्ने लगभग तय भएको छ ।   रियल मड्रिडविरुद्ध स्पेनिस सुपर कपमा फितलो प्रदर्शन गरेको पाँच महिनामै क्लबले यो ‘चमत्कार’ गर्ला भन्ने कमैलाई विश्वास थियो । यस क्रममा एर्नेस्टो भाल्भर्डेको टोली १९ वटा म्याच खेल्दासम्म अपराजित रहेको छ । उसले अहिलेसम्म १६ जित र ३ बराबरी खेलेर ५१ अंक जोडेको छ । बार्सिलोना अहिले दोस्रो स्थानमा रहेको टिमभन्दा ९ अंकले, तेस्रो स्थानको भन्दा ११ अंकले र चौंथो स्थानको टिमभन्दा १९ अंकले अगाडि रहेको…

Read More

त्रिभुवन आर्मी क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

त्रिभुवन आर्मी क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

धनगढी। सुदूरपश्चिमको धनगढीमा जारी खप्तड गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्मी उपाधि जित्न सफल भएको हो । टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकारको दोस्रो प्रहार पोस्टमा लागेर फर्किंदा आर्मी भाग्यमानी भयो । टाइब्रेकरमा आर्मीका लागि नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दीप लामा, दीपक गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए । एपीएफका अन्जन विष्ट, नविन लामा, पाल्साङ लामा र रन्जन विष्टले गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो । यो…

Read More

यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब

यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब

नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले टोलीको अग्रता दोब्बर पारे । निराजन खड्काले ५३ औं मिनेटमा थ्री स्टारका लागि गोल गर्दै खेलमा फर्किने आशा देखाए पनि अन्य गोल हुन नसक्दा थ्री स्टार प्रतियोगिताबाट बाहिरिन पुग्यो । अर्को तर्फ थ्री स्टार भने अखिल…

Read More