पाकिस्तान र न्युजिल्याण्डबीचको क्रिकेटमा न्युजिल्याण्ड विजयी

पाकिस्तान र न्युजिल्याण्डबीचको क्रिकेटमा न्युजिल्याण्ड विजयी

पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डलाई जिताउन कोलिन डी ग्राण्डहोमले ७४, कोलिन मुनरोले ५६ र हेनरी निकोल्सले ५२ रन बनाए । न्युजिल्याण्डको हमिल्टनमा पहिले व्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको ८१ रनको मद्धतमा २ सय ६२ रन बनाएको थियो । पाँच खेलको एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले एउटा खेल पनि जित्न सकेको छैन ।

Read More