नेपालमा एक रुपैयाँ छाप्न २ रुपैयाँ खर्चिन्छ , पैसा भन्दा छपाई महंगो

नेपालमा एक रुपैयाँ छाप्न २ रुपैयाँ खर्चिन्छ , पैसा भन्दा छपाई महंगो

एक रुपैयाँको सिक्का छाप्नको लागि डेढ रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर यसको तुलनामा दुई रुपैयाँको नोट छाप्न भने केहि सस्तो पर्ने बताईएको छ । त्यस्तै नोट छाप्दा सानो नोटको भन्दा ठुलो नोटको लागत बढी पर्छ । ठुलो नोटमा ‘सेक्युरिटी फिचर्स’ बढी हुने गरेका कारण यसलाई छाप्नको लागि लागत बढी लाग्ने स्रोतको भनाई छ । सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो । राष्ट्र बैंकका अनुसार, एक हजार रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ ९० पैसा खर्च भएको थियो भने पाँच सयको नोट…

Read More

एनआईसी एशियाको दुई नयाँ शाखा आँबु खैरेनी र हरमटारीमा

एनआईसी एशियाको दुई नयाँ शाखा आँबु खैरेनी र हरमटारीमा

एनआईसी एशिया बैङकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको आबुखैरेनी र गोरखाको हरमटारीमा सोमबारबाट सेवा सुचारु गरेको हो । उल्लेखित २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकका नेपालभर १५६ शाखा कार्यालयहरु तथा १४१ एटिएम रहेका छन । साथै ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यसहित अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा बैंक…

Read More

बैंकहरुमा ऋण दिने रकम पनि अभाव, अब के गर्लान्?

बैंकहरुमा ऋण दिने रकम पनि अभाव, अब के गर्लान्?

मुुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ ।   भखैरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।  स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ ।  अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखि ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् । केही कम्पनीहरु चाँडैै सेयर निष्कासनको तयारीमा छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read More

बैंकहरुको कर्जा रोक्ने तयारी, कारण यस्तो छ

बैंकहरुको कर्जा रोक्ने तयारी, कारण यस्तो छ

तरलता अभाव भएपछि बैंकहरूले कर्जा रोक्ने तयारी गरेका छन्। तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरले बताएका छन्। नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि कर्जा रोक्नुको विकल्प नभएको बताए।   ‘तरलता अभावका कारण निक्षेपको ब्याज बढाएर महँगो कर्जा प्रवाह गर्नुपर्ने वाध्यतामा हामी छौं,’ उनले भने, ‘त्यसो गर्नुभन्दा बैंकले प्रतिबद्धता गरे बाहेक नयाँ कर्जा रोक्नुपर्छ। हामी नयाँ कर्जा दिन सक्ने अवस्थामा छैनौं।’। ब्याज बढाएर निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुन्छ भन्ने निष्कर्षमा बैंक पुगेका छन् । बैंकले कर्जा प्रवाहमा रोक लगाए आर्थिक गतिविधिमा संकुचन…

Read More

मूल्य वृद्धि उकालो, महँगी बढ्योः राष्ट्र बैंक

मूल्य वृद्धि उकालो, महँगी बढ्योः राष्ट्र बैंक

कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो। असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो। २०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको…

Read More

ग्लोबल आइएमई बैंकको ५४ औँ शाखारहित बैकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको ५४ औँ शाखारहित बैकिङ्ग सेवा

ग्लोबल आईएमई बैंकको ५४ औँ शाखारहित बैंकिङ सेवा सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा सुरु भएको छ । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा सुरु गरिएको सेवाको लागि स्थानिय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको वैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानिय स्तरका समाजसेवि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । २०७४…

Read More

एनआईसी एशिया बैंकको मार्तडी शाखाको उद्घाटन

एनआईसी एशिया बैंकको मार्तडी शाखाको उद्घाटन

अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति बनाएको एनआईसी एशिया बैंकले बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । यस बैंक र युकेएडको लगानीमा सञ्चालित सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा गत साउन २२ गतेदेखि संचालनमा ल्याइएको उक्त शाखाको मंगलबार विधिवत उद्घाटन गरिएको हो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख अतिथ्यता आयोजित एक समारोहका बिच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले शाखाको उद्घाटन गरे । “साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको…

Read More

जोखिममा एटीएमः बैंक-वित्तीय संस्थाहरुले किन गर्दैनन् एटीम मेसिन स्तरोन्नति ?

जोखिममा एटीएमः बैंक-वित्तीय संस्थाहरुले किन गर्दैनन् एटीम मेसिन स्तरोन्नति ?

निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएमभित्र मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखि बढेको हो । हाल अधिकांश बैंक तथा वित्तिय संस्थाले चिप ग्राहको महत्वपुर्ण विवरण रहेको विधुतिय औजार मा आधारित कार्ड  बनाईसकेको छन् । तर, कार्डमा प्रयोग गरिएको चिप बढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् । यसकार एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तिय संस्थामा जोखि बढेको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।

Read More

कृषि विकास बैंकमा ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ

कृषि विकास बैंकमा ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । कृषि विकास बैंकको न्युरोड शाखामा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उक्त शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा छन् । यसअघि प्रहरीले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो । उनीहरुले बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको सीआइबीले जनाएको…

Read More

पुननिर्माणको लागि विश्व बैंकको चासो, ३० अर्ब ऋण दिन तयार

पुननिर्माणको लागि विश्व बैंकको चासो, ३० अर्ब ऋण दिन तयार

भुकम्पपछि विभिन्न सम्पदाहरु ध्वस्त बनेको नेपालमा पुननिर्माणको काम अझै पनि राम्रोसँग अगाडी बढ्न सकेको छैन । त्यसको लागि नेपाल एक्लैले नसक्ने भएपछि विभिन्न अन्तर्राष्टिय मुलुक तथा संस्थाहरुले सहयोगको वचन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधबार सम्पन्न प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति को छैठौं बैठकमा साझेदार संस्थाका प्रतिनिधिले चासो व्यक्त गरेका हुन्। उक्त बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणको प्रक्रियालाई अघि बढाउन आफ्नो नेतृत्वमा भएका पहल, निजी घर पुनर्निर्माणमा जोड दिएकोबारे जानकारी गराउनुभएको थियो। सीईओ भूसालले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडितलाई सुरक्षित छानोमुनि सार्ने…

Read More