पर्यटकको आगमन बढ्यो, छ महिनामै पाँच लाखद्वारा नेपाल भ्रमण

पर्यटकको आगमन बढ्यो, छ महिनामै पाँच लाखद्वारा नेपाल भ्रमण

सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ ।पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो ।तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या…

Read More

सल्लाको खोटो बेचेर लाखौँ आम्दानी

सल्लाको खोटो बेचेर लाखौँ आम्दानी

बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् । वर्षेनी खोटो सङ्कलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा सङ्कलित छ हजार १७५ केजी खोटोबाट रू सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन् । खोटोबाट रू ९९ हजार ८३४ राजश्व र स्थानीय कर रू। ३२ हजार ८३५ सङ्कलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो सङ्कलनतर्फ आकर्षित भएका हुन् । सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज…

Read More

युरियाको विकल्पमा एमोनियम सल्फेट

युरियाको विकल्पमा एमोनियम सल्फेट

कृषि क्षेत्रमा ‘एमोनियम सल्फेट’ मलको माग बढ्दै गएको पाइएको छ। युरियाको विकल्पको रूपमा प्रयोग हुने यो मल पछिल्लो पटक किसानहरूले माग गर्ने क्रम बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ । नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध गराइने युरियाभन्दा केही महँगो भए पनि यसको प्रयोगले उत्पादनमा वृद्धि हुन थालेपछि किसानहरूले माग गर्ने क्रम बढेको कर्पोरेसनको दाबी छ। सबैभन्दा बढी सुदूरपश्चिममा ‘एमोनियम सल्फेट’ को माग बढ्दै गएको र यसै वर्षदेखि रूपन्देही र पूर्वी तथा पश्चिम नवलपरासीका किसानहरूबाट समेत माग आउन थालेको क्षेत्रीय कार्यालयका विभागीय प्रबन्धक हरिचन्द्र श्रेष्ठले बताए । कर्पोरेसनको…

Read More

मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने

मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने

मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिगत प्रस्ताव छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ ।मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन्

Read More

मलेसियाको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगिट प्रस्ताव

मलेसियाको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगिट प्रस्ताव

क्वालालम्पुर मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्यूनतम पारिश्रमिक १५ सय रिंगिट पुर्‍याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् । गत मे ९ को आमनिर्वाचन हुनु अगावै ‘पकातान हारापन’ गठबन्धनले नयाँ सरकार गठन भएपछि साबिकको पारिश्रमिकमा वृद्धि गरी मासिक पारिश्रमिक १५ सय रिंगिट पुर्‍याइने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेको थियो ।   हाल कामदारको न्यूनतम पारिश्रमिक प्रायद्वीप क्षेत्रमा (पेनिन्सुलार मलेसिया)…

Read More

राष्ट्र बैङ्कद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोबारमा अङ्कुश

राष्ट्र बैङ्कद्वारा १४ सहकारी संस्थालाई वित्तीय कारोबारमा अङ्कुश

नेपाल राष्ट्र बैङ्कले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङ्कुश लगाएको छ । यसअघि उक्त सहकारी संस्थालाई सीमित बैङ्किङ कारोबार गर्न अनुमति प्रदान गरेको थियो । काठमाडौंका चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैङ्किङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैङ्कले जारी गरेको सूचनामा काठमाडौंका सगुन सहकारी संस्था क्षेत्रपाटी, नेपाल सहकारी वित्तीय संस्था नयाँ बानेश्वर, महिला सहकारी संस्था कुलेश्वर, हिमालय सहकारी संस्था पुरानो बानेश्वर रहेको छ । त्यसैगरी काभ्रेको बिन्दवासिनी बचत तथा…

Read More

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने उच्च

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने उच्च

साताको अन्तिमदिन बिहीबार सेयर बजार ५ दशमलव २८ अंकले घटेको छ । १ हजार १ सय ९८ दशमलव ७७ को विन्दुबाट शुरु भएको सेयर कारोबार ५ दशमलव २८ अंकले घटेर नेप्से परिसुचक १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ । बुधबार पनि नेप्से परिसचुकमा ५ दशमलव ५४ अंकले गिरावट आएको थियो । नेप्से परिसुचकमा कमी आए पनि कारोबार रकम भने उच्च देखिएको छ । बिहीबार दिनभरमा ३ हजार ७ सय ७२ वटा कारोबारबाट १९ लाख १८ हजार ६ सय ४८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार…

Read More

गुगलमाथि ठुलो धनराशी जरिवाना, साढे ५ खर्ब तिर्नुपर्ने

गुगलमाथि ठुलो धनराशी जरिवाना, साढे ५ खर्ब तिर्नुपर्ने

सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो । आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ । उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।…

Read More

विदेशी रेमिट कम्पनीको ठगीका कारण रेमिट्यान्स आप्रवाहमा कमी

विदेशी रेमिट कम्पनीको ठगीका कारण रेमिट्यान्स आप्रवाहमा कमी

विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ । तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर, नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो ।पछिल्ला दिनहरुमा केही मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर,…

Read More

आर्थिक वृद्धिदर लक्ष्य अनुसार मौद्रिक नीति

आर्थिक वृद्धिदर लक्ष्य अनुसार मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य अनुसारको मौद्रिक नीति तय गरेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको दिगो विकासलाई मौद्रिक नीतिले जोड दिएको पनि स्मरण गराए। थापाले राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदरलाई अघि बढाउन सहज अवस्था आएको निष्कर्ष निकाल्दै त्यसलाई अघि बढाउन पूँजीको मात्रा बढाउन आवश्यक नीतिगत व्यवस्था पनि गरेको उल्लेख गरे। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अनुत्पादक क्षेत्रमा लगानी नगर्न…

Read More