नेपालले म्यानमारलाई ३ सय ३७ रनको विशाल अन्तरले पराजित गर्यो

नेपालले म्यानमारलाई ३ सय ३७ रनको विशाल अन्तरले पराजित गर्यो

काठमाडौं । नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपाल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । बिहीबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो । विस्फोटक ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन जोड्यो । नेपालका लागि कप्तान रित गौतमले अविजित १०६ रन जोडे । यसैगरी, तीर्थराज दासले ६४ रन जोड्दा प्रतिस जिसीले अविजित ६३ रनको योगदान दिए । जवाफमा ३५१ रनको लक्ष्य लिएर मैदान…

Read More

म्यानमार सामु नेपालले दियो ३ सय ५१ रनको लक्ष्य

म्यानमार सामु नेपालले दियो ३ सय ५१ रनको लक्ष्य

एसीसी यू— १६ इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाइ ३ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर १७ रनमा पेभेलियन फर्किएपछि नेपालले ६७ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि विशाल विक्रम केसी र रित गौतमले…

Read More

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई, दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१६ मै निर्णय भएपनि साफले खेलको मिति परिवर्तन गरेको हो । भारतमा सन् २०१५ मा भएको एघारौं साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिला गरी प्रतियोगिता आयोजना हुनलागेको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश,…

Read More

आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो

आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो

१६ वर्षमुनिको इस्टर्न रिजनल प्रतियोगितामा नेपालले हङकङलाई हराएको छ । टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाई ८२ रन बनाएको थियो। नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ रन बनाए। त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसी र शुशील भण्डारीले ११र११ रन बनाए। कुशल मल्ल र नारायण जोशीले २र२ रनको योगदान गरे। हङकङलाई ८२ रनमा रोक्न नेपाली बलर प्रतिस जिसीले सर्वाधिक ३ विकेट हात पारे। यस्तै अजय कुमार लुनियाले २…

Read More

नेपालले थाईल्याण्डलाई १३३ रनले पराजित गर्यो

नेपालले थाईल्याण्डलाई १३३ रनले पराजित गर्यो

काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाईल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको थाइल्याण्ड १९ ओभर बलमा अलआउट हुँदै ४६ रनमा समेटियो । थाइल्याण्डका कोकिअट चाटवोङले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले १० रनको आँकडा पूरा गर्न सकेनन् । उसका योड्साक नोनाकुन र सारवत मालीवानले समान ७ – ७ रन जोड्दा किटीफाट दारुवाङले ३ तथा पटिफान साटफनितले २ रन बनाए ।…

Read More

यूएईविरुद्धको दोस्रो म्याचमा पनि हार्‍यो नेपाल

यूएईविरुद्धको दोस्रो म्याचमा पनि हार्‍यो नेपाल

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत यूएईविरुद्धको दोस्रो म्याचमा पनि नेपाल पराजित भएको छ । ब्याट्सम्यानहरु नचल्दा यूएईले दिएको १९६ रनको मध्यम स्कोर पछ्याउन नेपाल असफल भयो र ६३ रनको हार व्यहोर्‍यो । यूएईले अद्नान मुफ्तीको आक्रामक शतकको मद्दतमा १ सय ९५ रन जोडेको थियो । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईको पाँच विकेट लिन सफल भए पनि त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।   टस हारेर पहिले ब्याटिङ गरेको यूएई सुरुमा निकै दवावमा आएको थियो । सोमपालले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका थिए । एक समय १८.३ ओभरमा…

Read More

नेपालले पायो १ सय ९६ रनको लक्ष्य, सोमपाल कामीको नाममा ५ विकेट

नेपालले पायो १ सय ९६ रनको लक्ष्य, सोमपाल कामीको नाममा ५ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएर युएईलाई संकटमा पारेका थिए । समग्रमा उनको नाममा ५ विकेट रह्यो त्यस्तै नेपालका लागी ललित भण्डरी, सन्दिप लामिछाने, पासर खड्का र सागर पुनले समान १—१ विकेट लिए । युएईका लागी अदनान मुफ्तीले सर्वाधिक १ सय ४ रन बनाए । महम्द उस्मानले ३७ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालले टस जितेर पहिलो फिल्डीङ रोजेको थियो । केही बेर पछि नेपालले…

Read More

विश्व क्रिकेट लिग च्याम्पियनसीपः युएई संकटमा, सोमपाल एक्लैले लिए ४ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसीपः युएई संकटमा, सोमपाल एक्लैले लिए ४ विकेट

मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले राम्रो सुरुवात गरको छ । नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार ब्याट्सम्यानलाई छिट्टै पेभिलियन फर्काएका छन् । यो समाचार तयार पार्दासम्म २८ ओभरको खेल सकिँदा मेसियाले ५ विकेटको क्षतिमा ७७ रन जोडेको छ । सोमपालले यूएईका कप्तान रोहन मुस्तफासहित अस्फाक अहमद, गुलाम साबर र रमिज सहेजादलाई आउट गरेका हुन् । कप्तान पारस खड्काले १ विकेट लिए । उनीहरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्का बलर ललित भण्डारीले निकै किफायति बलिङ गरिरहेका छन् । उनले सात ओभर बलिङ…

Read More

नेपाल र युएई बीचको क्रिकेट खेल जारी, टस जितेर नेपालले फिल्डिङ गर्दै

नेपाल र युएई बीचको क्रिकेट खेल जारी, टस जितेर नेपालले फिल्डिङ  गर्दै

नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो । दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली टोलीमा राखिएको छ ।…

Read More

साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए

साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए

पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन् । आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताउनुभयो । स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।

Read More