व्यवस्था फेरियो अवस्था फेरिएन बसपार्कमा भद्रगोल व्यवस्थापन (भिडियो सहित)

राजकुमार विष्ट /नवराज श्रेष्ठ

सरकारले यातायात ब्यावसायी समितिहरूको सिण्डिकेट अन्त्य गरेर नयाँ व्यवस्था कायम गरे पनि यातायात ब्यावसायीहरुको फरक खालको दादागिरि देखिएको छ । नयाँ बसपार्क बाट जाने हजारौँ यात्रुहरूले भोगेका समस्या न पहिलेको भन्दा फरक छ न त सुविधा नै । नयाँबसपार्क पुग्दा देखिएको दृश्यले साँढेको जुधाई बाच्छाको मिचाईमा यात्रुहरू परेका हुन् । सरकारले नयाँ बसपार्कमा रहेको यातायात ब्यावसायी समितिले काट्दै आएको टिकट काट्ने जिम्मा दिन नसक्दा यात्रुहरू झन् पिडामा परेका हुन् ।

विचौलियाको बिगबिगी
रिपोर्टीङको लागि नयाँ बसपार्क पुग्दै गर्दा बाइक रोक्नै नपाई एक हुल व्यक्तिहरू हाम्रो अगाडी आइपुग्छन् कोही झापा जाने हो भन्दै तान्छन् त कोही दाङ जाने हो भन्दै हामीले दाङ भन्नै नपाई ९०० मा लैजान्छु र स्टाफ खानामा मासुभात पनि सित्तैमा खाना खुवाउने भन्दै तानेर काउन्टर सम्म पुर्याईयो । हामीले एक छिनमा जाने भने पछि फेरि अर्को व्यक्ति को पछि लाग्न थाल्यो ।

यसरी ठगिदै सर्वसाधारण
काठमाण्डौबाट महेन्द्रनगर हिँडेका एक यात्रु टिकट काट्न भनेर काउन्टरमा पुग्दा उनलाई डिलक्स गाडीमा १६८० रुपैयाँ भाडा पर्र्नेे बताए तर बाहिरकोे अर्को एक जनाले उनलाई १२०० मा लैजाने अफर गरे र सस्तोमा पाउने भए पछि उसकै अनुसार टिकट काट्न लगाए । तर ६ जनाको टिकट काटेको उनले ७ हजार २ सय तीरे पनि भने जस्तो सिट रहेनछ र त्यस पछि उनले समितिमा गएर यस्तो टिकटमा नजाने भनेपछि त्यहाँ विवाद भयो र हात हालाहालको अवस्था भयो । उनलाई त्यहाँका कर्मचारीले धम्क्याए स्थिति असामान्य बन्यो ।

बसपार्कमा भद्रगोल व्यवस्थापन
यातायात ब्यावसायी समितिको खारेजी पश्चात् नयाँ बसपार्कबाट बाहिरिनेहरुको लागि टिकट काट्ने व्यवस्थापन गर्दै आएको लोह्त्से बहुदेशिय प्रा लि  ले व्यवस्थापन गर्दै आएको टिकट काउन्टरबाट लिने टिकटको मूल्य बाहिर विचौलिया तथा गाडीको स्टाफहरूले बेच्ने टिकट भन्दा धेरैनै फरक भएको पाइएको छ । लोह्त्सेले लिने १६८० रुपैयाँको टिकट बाहिरको विचौलियाले १२००मै उपलब्ध गराए पश्चात् यात्रुहरू कति ठगिन्छन् भन्ने तथ्य उजागर भएको हो । सरकारले असार मसान्त सम्मको समय दिएर ब्यावसायीहरुलाई प्रा लिमा दर्ता गराउन समय दिएको र लोह्त्सेलाई त्याँहाको व्यवस्थापन गर्न पुरै अधिकार नदिँदा यात्रु हरू भने यसको मर्कामा पर्ने गरेका हुन । हामीलाई पुरै जिम्मा दिर्ईएको छैन असार मसान्त सम्म त हामीले केही गर्न मिल्ने अवस्था छैन । सरकारले के कस्तो निर्णय गर्छ त्यसको पखाईमा हामी छौँ ।

यातायात ब्याबसायीले अझै एक महिना हालीमुहाली गर्ने
सरकारले एक महिनाको समय दिएर प्रालिमा दर्ता गर्न यातायात ब्यावसायी हरूलाई समय दिएपछि यता ब्यावसायीहरु भनेयसको भरपुरफाईदा उठाउन लागि परेका छन् । बसपार्कको यात्रु आउने गेट सम्मै गएर तानातान गरेर आफ्नो गाडीमा हाल्ने तर टिकट काटि सके पछि भने जस्तो आराम सिट नहुने भएपछि यात्रुहरू झनै मर्कामा पर्ने गरेका हुन् । बाटो बाटोमै तान्न आउँछन् । धरैले तान्न आएपछि कसकोमा जाने कतिमा जाने अलमलमा पर्ने गरेको गुनासो व्यक्त गरे । भित्र र बाहिरको टिकटको दर एउटै छैन हामीलाई त सस्तो र आरामदायि यात्रा चाहिएको हो स्याङ्जा जाँदै गरेका अर्का यात्रु ले बताए ।

प्रहरी भन्छ कारबाही भनेको २-४ घण्टा नियन्त्रण लिने मात्रै हो
नयाँ बसपार्कमा कोही विचौलियाले बाहिरबाट टिकट काटेमा कारबाही भनेको २ घण्टा मात्रै नियन्त्रणमा लिने गरेको पाइएको छ । प्रहरी निरिक्षक मोहन कुमार केसीले प्रहरीको काम भनेको उजुरी आएमा कारबाही गर्नेमात्र हो । त्यसमा समिति तथा सरकारले निर्णय गर्नु पर्ने बताए । दैनिक हजारौँ यात्रुले यात्रा गर्ने नयाँ बसर्पाकमा मात्र एक हवल्दार र सिपाहीले सुरक्षा दिँदै आएको पाइएको हो ।

 

 

Related posts

Leave a Comment