शक्तिशाली भूकम्प, ४ जना घाइते, दर्जनौ सवारि साधनमा क्षति

सोल | दक्षिण कोरियामा स्थानीय समय अुनसार अपरान्ह २ बजेर २९ मिनेट जाँदा ५.५ रेक्टर स्केलको भुकम्प गएको छ ।

भुकम्पको केन्द्रविन्दु फोहाङ शहर रहेको यहाँको मौषम विभागले जनाएको छ । ५.५ रेक्टरको भुकम्प पछि पराकम्प आउने क्रम पनि जारी छ । पहिलो भूकम्प गएको केही मिनेटमै ५ दशमलव ४ रेक्टर स्केटको भूकम्प गएको छ ।

भुकम्पको धक्का राजधानी सोल सहितका ठाउँमा महशुस गरिएको यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भुकम्पको धक्काले भवन तथा भौतिक संरचना हल्लिएकोले मानिस भागाभाग भएका थिए ।

भुकम्पका कारण ४ जना घाइते भएका र दर्जनौ सवारि साधनमा क्षति पुगेको बताईएको छ । यद्यपि क्षतिको थप विवरण आउन बाँकी छ ।

यसैबीच विदेश भ्रमणमा रहेका राष्ट्रपति मुन जे ईनले भुकम्प प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन सुरक्षा निकाय र अधिकारीलाई निर्देशन दिएका छन् ।

Related posts

Leave a Comment