ब्राजिलका स्टार नेइमार विश्वकपको प्रशिक्षणबाट बाहिरिए

विश्वकपको आफ्नो दास्रो खेल नजिकिँदै गर्दा ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन् । दायाँ खुट्टा भाँच्चिएका कारण नेइमार लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए । आइतबार स्विट्जरल्यान्डविरुद्धको खेलपछि दुखाई महसुस गरेका उनलाई प्रशिक्षणबाट निकाली उपचराका लागि फिजिसियनकोमा पठाइएको छ। यस पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो । नेइमार दुईदिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्कने ब्राजिलियन टोलीका प्रवक्ता भिनिसिअस रोड्रिगेजले बताएका छन् । शुक्रबारको कोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने नहुने टुंगो लागेको छैन । २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्याटरफाइनल खेलमा घाइते भइ बाँकी खेल खेल्न सकेका थिएनन् ।

Related posts

Leave a Comment