बिएमडब्लूसहित मृत बाबुलाई खाल्डोमा गाडे

आफ्ना बाबुलाई गाडी किनिदिने बाचा गरेका एक धनाढ्य छोराले बाबुको मृत्युपछि उक्त बाचा पूरा गरेका छन् ।नाइजेरियाका अजुबुइक नाम गरेका एक व्यक्तिले मरेका आफ्ना बाबुको शवसहित करिब ८८ हजार डलर पर्ने बिएमडब्लू पनि गाडेको समाचारले विश्वभर चर्चा पाएको छ ।अजुबुइकले बाबुको शवसँगै गाड्नलाई पूरा पैसा तिरेर बिएमडब्लू किनेको नाइजेरियाको समाचार वेबसाइट एनएआइजी डटकमले उल्लेख गरेको छ ।कार र मानिस दुवैका लागि बनाइएको चिहान मृतककै गाउँमा मानिसकै हातबाट खनिएको बताइएको छ । सिल्भर रंगको बिएमडब्लू कार चिहानमा गाँडिदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।मरेका मानिसको शवसँगै त्यत्ति महँगो कार गाडिएपछि स्थानीयवासीले भने बिएमडब्लूमा रहेको स्याटेलाइट न्याभिगेसन प्रणालीले मरेका मानिसलाई स्वर्गको बाटो पहिल्याउन सजिलो हुने भन्दै ठट्टा गरेको नाइजेरियाको समाचार वेबसाइट एनएआइजी डटकमलाई उद्धृत गर्दै ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
गरीब क्षेत्रको गाउँमा खुल्लम–खुल्ला रूपमा पैसाको दुरुपयोग गरिएको भन्दै कतिपय गाउँले भने दुःखी भएको बताइएको छ ।

Related posts

Leave a Comment