विश्वकप खेल्ने सबै भन्दा कान्छा खेलाडी

उत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइड विश्वकप फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् १९८२ मा स्पेनमा आयोजना भएको विश्वकपमा उत्तरी आयरल्यान्डको टिमबाट खेल्ने उनी सबै भन्दा कान्छा खेलाडी रहेका थिए । सोही विश्वकपमा ह्वाइटसाइड पनि उत्तरी आयरल्यान्डको टोलीमा परेका थिए । समूहगत चरणमा उत्तरी आयरल्यान्डले जुन १७ तारिखमा आफ्नो पहिलो खेल युगोस्लाभियासँग खेलेको थियो।उक्त खेल खेल्दा ह्वाइटसाइडको उमेर केवल १७ वर्ष ४१ दिन पुगेको थियो । सोही खेलबाट उनले विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाएका हुन् । यद्यपि, विश्वकपको आफ्नो पहिलो खेलमै ह्वाइटसाइडले पहेँलो कार्ड पाएका थिए ।सो खेलमा पहेँलो कार्ड पाउने उनी एकमात्र खेलाडी थिए । युगोस्लाभियाविरुद्घको खेल गोलरहित बराबरीमा सकिए पनि उत्तरी आयरल्यान्ड समूह विजेताका रूपमा दोस्रो चरणसम्म पुगेको थियो ।

Related posts

Leave a Comment