युएई दिर्हाम, रियाल र दिनारको मूल्य बढ्यो,कोरियन वन कमजोर

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ८८ पैसा र विक्रिदर २९ रुपैयाँ ०४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र विक्रिदर २७ रुपैयाँ ३६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५३ रुपैयाँ ०९ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ०९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८१ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ८२ रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
युएई दिर्हाम, रियाल र दिनारको मूल्य केही पैसाले बढेको छ । कोरियन वन भने सोमबारको तुलनामा कमजोर भएको छ ।

Related posts

Leave a Comment