विमान दुर्घटनामा मृत्यु भएका पाइलटकी श्रीमती अझै बेहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयसलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट अबिद सुल्तानकी पत्नी अफ्सना खनाम मृत्युसँग जुधिरहेकी छिन् । दुर्घटनाको खबरले अफ्सनालाई ब्रेन स्ट्रोक भएको र उनलाई अहिले बंगलादेशको राजधानी ढाकाको शेर–ए–बंगला नागर नेशनल इन्ष्टिच्युट अफ न्यूरोसाइन्समा भर्ना गरिएको छ ।

उनलाई भर्ना गरेपछि एक सर्जरी गरिएको र उनी अहिले आइसियुमा भएको अस्पतालले जनाएको छ । अस्पतालका सहनिर्देशक डा।बदरुल आलमले अफ्सनाको उपचारको नेतृत्व गरिरहेको अस्पतालको सूचना शाखाका शिहाब उद्देनले जानकारी दिएका छन् । काठमाडौंमा भएको विमान दुर्घटनामा पाइलटसँगै २६ बंगलादेशीको मृत्यु भएको थियो । पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो ।

अविदका एक नजिकका साथीका अनुसार उनीहरुले अफ्सनालाई दुर्घटनाको खबर सुनाए पनि उनले विश्वासै गर्न सकिनन् । अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भइन् ।

Related posts

Leave a Comment