सिंहदरबारभित्रै मोटरसाइकल चोरी

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मोटरसाइकल चोरी भएको घटना सार्वनजिक भएको छ । चितवन रत्नपुर नगरपालिका–२ घर भएका ३२ वर्षीय रमेश सुनारले बा १ ब ९९१३ नम्बरको सेतो स्पेलेन्डर मोटरसाइकल चोरी गरेको तथ्य बाहिर आएको हो । उनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् ।

उनले चैत १ गते मोटरसाइकल चोरी गरेर चितवनका नातेदार दिनेश सुनारलाई दिएको प्रहरीसमक्ष बयान दिएका छन् । बयानपछि सुनारलाई सिंहदरबार प्रहरी वृत्तले बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि पुस पहिलो साता पनि सिंहदरबारबाटै सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकको बा२झ २९२७ नम्बरको नयाँ टोयटा हाइलक्स गाडीका चारै टायर चोरी भएको थियो ।

Related posts

Leave a Comment