विकासोन्मुख देश नबन्ने नेपालको चाहना, प्रस्ताव स्वीकृत भयो

सन् २०२१ सम्म नेपाल विकासोन्मुख बन्न अप्ठ्यारो हुने भन्दै नेपालले संयुक्त राष्ट्रसंघ सँग गरेको प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रसंघले योजना आयोगलाई चिठी पठाएर यस्तो जानकारी दिएको हो । स्वीकार गरेको चिठी योजना आयोगले पाएको सचिव विष्णुप्रसाद  लम्सालले बताए ।

‘राष्ट्रसंघले सन् २०२१ मा गर्ने मूल्याङ्कनमा स्तरोन्नति नहुने नेपालको प्रस्तावलाई स्वीकार गरी पत्राचार गरेको छ’, उनले भने  ‘त्यसपछि हाम्रो अवस्था हेरेर स्तरोन्नतिको प्रक्रिया अघि बढ्नेछ ।’  सर्वसाधारणको आयस्तरमा सुधार आइनसकेको र वैदेशिक सहायता एवं व्यापारमा समेत असर पर्ने भन्दै सरकारले अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति नहुने अडान संयुक्त राष्ट्रसंघसमक्ष राखेको थियो ।

Related posts

Leave a Comment