विदेश जाने नेपालीलाई यतिसम्म दुःख दिन्छन् सरकारी कर्मचारीले हेर्नुहोस् (भिडियो सहित)

राजु सुवेदी टिभी अन्नपूर्ण

बागलुङको बलेवाका प्रेम सार्की पर्वतको लाम्खुका प्रेम सार्की वैदेशिक रोजगारीमा जान प्रहरी रिपोर्टका लागी सरकारी कार्यालय धाउन थालेको १ हप्ता बढी भयो । झन्डै एक लाख खर्चेर मासिक २० हजारका लागी साउदी जाने तयारीमा रहेका सार्कीद्धयको ३० हजार बढी पुलिस रिर्पोटकै लागी खर्चियो । सरकारी कर्मचारी र सुरक्षाकर्मीको रवैया देख्दा अझै कति खर्चनुपर्ने हो पत्तो छैन ।

गाउँको मेलापात गरेर गर्जो टादैं आएका उनीहरूले होटेलमा बस्ने खाने र आउजाँउको भाडाबाहेक ३० हजार पुलिस रिपोर्टमा खर्चिसकेको बताउछन । प्रहरीले भने आफूहरूले पत्तो समेत नपाएको अपराधमा दोषी करार गदै निर्दोष नागरिकलाई दुख दिएको उनीहरूको गुनासो छ ।
दुई हप्ताअघि महानगरीय प्रहरी वृत महाराजगन्जमा निवेदन बुझाएका सार्कीद्धयले कार्यालयमा उल्लिखित नागरिक वडापत्र अनुसार गएको बुधवार नै रिपोर्ट बुझ्ने दिन थियो । तर किर्ते अभियोगमा फरार अभियुक्तसँग नाम जुधेको आरोपमा उनीहरूलाई प्रहरीले रिपोर्ट दिन नमानेपछि अहिले दुईजनाकै दैनिकी अड्डा अदालतमा हारगुहार गरेर बितेको छ ।
आफू विदेशमा रहेको अवस्थामा घटेको घटनामा आफूहरूलाई दोषी करार गरिएकोमा उनीहरू आक्रोशित मात्रै छैनन् । देशको न्यायिक निकायको चरम लापरबाही र गैह«जिम्मेवारीले अपराधी भाग्ने र निर्दोषले सजाँय पाउने पद्धतिप्रति नै धिर्काछन ।

प्रहरीले किर्ते मुद्दामा नाम जुधेको भनिएका गु्ल्मीका प्रेम बहादुर सार्की अहिले गुमनाम छन् । सोही घटनाताका विदेशमा रहेका बाग्लु«का प्रेम बहादुर सार्की सोही नाम गरेका पर्वतका अर्को युवालाई भने सोही अभियोगमा प्रहरीले रिपोर्ट दिन रोकेको छ । तर न हामीलाई यो अभियोगमा प्रहरीले पक्राउ गर्छ न त रिपोर्ट दिएर आफूलाई गरिखान सार्कीद्धयले दुःखेसो पोखे । उनीहरूको प्रश्न छ कि त हामीलाई प्रहरीले दोषी हो भनेर कारबाही गर्नुप¥यो होइन भने मलाई किन झुलाईएको छ रु आक्रोशित हुदैं यही प्रश्न बोकेर महाराजगन्जबाट निस्किएका उनीहरू एकहप्तदेखी दैनिक प्रहरीको नक्साल, टेकु कार्यालयपछि जिल्ला अदालत काठमाण्डौहुर्दैं पाटन उच्च अदालतसम्म पुग्छन् । हरेक दिन एउटा कार्यलयदेखी अर्को कार्यालय पुग्दा ट्याक्सीमा मात्रै झन्डै १३ सय खर्चिन्छ तर हरेक कार्यालयको जवाफ हुन्छ यो हाम्रो काम होइन । उनीहरू निरीह चेहेरा बोकेर फर्कन्छन् फेरि भोलि उही बाटो तय गर्दछन् दुई हप्ता हुदैंछ दुई दिनमा बन्ने काम अझै बन्न सकेको छैन ।
त्यसो त पीडितमध्येका एक पर्वतका प्रेम सार्कीले ६ महिनाअघि महाराजगन्ज प्रहरीबृतबाट पुलिस रिपोर्ट लिएका थिए । अहिले कारणको रूपमा देखाइएको ७ वर्षअघि फैसला भएको किर्ते छापको मुद्दाले यसअघिको प्रहरी रिर्पोटलाई किन रोकेन ।प्रहरीको चालचलान हेर्ने विभाग नक्सालका प्रमुख डिएसपी धन बहादुर श्रेष्ठका अनुसार नाम जुधेका कारण प्रहरी रिपोर्ट दिन समस्या भएको हो । वैदेशिक रोजगारीमा किर्ते गरेको अभियोग लागेका प्रेम सार्कीसँग नाम जुधेका प्रहरीलाई रिपोर्ट दिन नमिल्ने उनको भनाई छ । नाम जुधेको अवस्थामा प्रहरीले जिल्ला प्रहरी कार्यालयमार्फत मिसिल हेर्ने र निवेदक दोषी हो वा होइन भन्ने पत्तो लाग्ने चलन छ । यही आधारमा नक्सालस्थित प्रहरीको चालचालन हेर्ने निकायले टेकुस्थित काठमाडौँ प्रहरी परिसरलाई पत्राचार गरेको थियो ।

तर टेकुले निवेदकको मिसिल नै नहेरी जिल्ला अदालत पठाइदियो । काठमाडौँ जिल्ला अदालतको अभिलेख शाखामा पुगेका सार्कीद्धयले सम्बन्धित विभागका कर्मचारीलाई हारगुहार गरे । पहिलो दिन नहुने भन्दै फर्काइदिएका कर्मचारीले भोलिपल्ट केही रकम दिने सर्तमा खोज्न खोज्न तयार भए तर मिसिल भेटेनन् । पटन उच्च अदालत जानुपर्ने भयो । काठमाण्डौको बारेमा खासै ज्ञान नभएका उनीहरू ट्याक्सीको सहयोगमा ललितपुरको हरिहरभवनमा रहेको पाटन उच्च अदालत पुगे । भूकम्पकका कारण पुराना मिसिल खोज्न नसकिने भन्दै उच्च अदालतले समेत उनीहरूलाई फर्किदियो । बर्सातको मौसम खेतिबालीको सिजनमा दुईहप्ता दुई दिनको कामलाई काठमाण्डौमै अल्झिनुपर्दा भोट माग्दा नेताले गाँउगाँउमा सिंहदरबारको भाषण छाँटेको सम्झन्छन् । कर्मचारीको यो रवैया कहिलेसम्म हो ?

Related posts

Leave a Comment