वर्षौँदेखि मौलाएको गुट-उपगुट मैले चाहेर मात्रै अन्त्य हुँदैन: नैनसिंह महर(भिडियो सहित)

नेविसंघका सभापति नैनसिंह महरले कांग्रेस र नेविसंघमा मौलाएको गुट आफूले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका छन् ।  टिभी अन्नपूर्णबाट संचालन हुने अनलाइन टक शो कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन् । साथै नेपाली कांग्रेस र निकट संगठन नेविसंघमा यतिबेला अस्वाभाविक गुटबन्दी मौलाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसले पार्टीलाई क्षति हुने बाहेक अरु उपलब्धि नहुने बताएका हुन् । अन्य पार्टीका नेताहरुले विपक्षी दलको विरोध गरेपनि कांग्रेसका नेताले भने आफ्नै पार्टीलाई प्रतिपक्षी जस्तो व्यवहार गर्न थालेको धारणा राखेका हुन् । पार्टीले चुनावमा लज्जाजनक हार बेहेर्नुको प्रमुख कारण सभापति नै होइन त? भन्ने प्रश्नमा उनले सबै नेताको आआफ्नो भूमिका हुन्छ त्यसकारण सबैले आफ्नो जिम्मेबार बहन गर्न सक्नुपर्छ  ।   सभापतिले मात्रै चाहेर पार्टी सुध्रने होइन भन्दै पार्टी सभापतिको समेत बचाउ गरेका छन् । यतिबेला नेपाली कांग्रेस र निकट संगठन इतिहासमै कमजोर भएको बेला यस्तो बेलामा फुटेर होइन जुटेर संगठनलाई मजबूत गराउनुपर्ने बेला आएको बताएका छन् ।  नेपालमा शैक्षिक क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको बताएका छन् । अन्य विकसित मुलुकहरुले बजेटको ठूलो हिस्सा शिक्षामा लगानी गरेपनि नेपालमा भने त्यस्तो हुन नसकेको धारणा राखेका हुन् ।

पत्रकार विनोद देवकोटाले उनीसँग गरेको सम्पूर्ण कुराकानी तलको लिंकमा छ

 

Related posts

Leave a Comment