आमासँगै बन्दी जिवन बिताइरहेकी बालिकाको उद्दार

अनिल पोखरेल सप्तरी ।
जेलमा बन्दी जीवन बिताई रहेका आमाहरुका बच्चाहरुको अधिकार र विकासका लागी कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले जिल्ला कारगार सप्तरीबाट आमा सँगै बन्दी जिवन बिताई रहेकी ३ बर्षिय ज्योती कुमारी मण्डलको उद्धार गरेको छ ।

बन्दी सहायता नेपालका केन्द्रिय अध्यक्ष ईन्दिरा राना मगर, जिल्ला कारागार सप्तरी प्रमुख सत्यनारायण यादब, कारागार सुरक्षा प्रमुख र संस्थाका जिल्ला संयोजक सुदर्शन चौधरीको उपस्थिति तथा रोहबरमा ३ बर्षिया बालिकाको उद्धार गरिएको हो ।

ज्यान मुद्धामा १४ महिना अघि देखि कारगारमा बसिरहेकी ज्योती कुमारी मण्डलको उचित शिक्षा दिक्षा र उज्वल भविष्यको लागि र कुनै पनि कारणले बन्दीहरुको बच्चाहरुको भविष्य अँध्यारो नहोस् भन्ने हेतुले बच्चाको आमाको इच्छा अनुसार बच्चालाई बन्दी सहायता नेपालको सेल्टर होममा राखिने छ र बच्चालाई उचित शिक्षा र सुनौलो भविष्यको लागी हामीले काम गर्ने छौं भनी केन्द्रिय अध्यक्ष राना मगरले जानकारी गराउनु भयो ।

बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जिवन बिताई रहेका महिला बन्दीहरुको लागि १ थान पानी तान्ने मोटर र अध्ययनका लागि केहि थान पुस्तकहरु समेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।

Related posts

Leave a Comment