फिदिममा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीद्वारा निष्क्रिय

पाँचथर।

फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय पारेको छ ।

पल्लोटार जाने बाटोमा भेटिएको बम निष्क्रिय पारिएका हो । स्थानीयवासीले शंका लागेपछि विहान पौने ६ तिर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हो ।बम आफूहरुले राखेको नेकपा (विप्लव) समुहले दावी गरेको छ ।

प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन १८ दिन बाँकी रहँदा सदरमुकाममै त्यसरी वम फेला परेको हो ।

Related posts

Leave a Comment