एमाले माओवादी पार्टी एकतामा ढिलाई, यसरी हुदैँछ तयारी

दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको एकता प्रक्रियामा ढिलाई भएको छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन अप्रिल २२ अर्थात् बैशाख ९ गते पार्टी एकता गर्ने गरी तयारी गरेको भएपनि त्यो अनुपातमा काम नभएको स्वयं नेताहरुले बताएका छन् ।
एकताको मिति नजिकिँदै गए पनि तयारीले तीव्रता नपाएकोले कार्यक्रता समेत अन्यौलता छाएको छ् ।
पछिल्लो समय पार्टी एकताको चर्चा पनि कम हुन थालेको कारण बैशाखमा पार्टी एकता हुने सम्भावना न्यून रहेको कार्यकर्ताले बताउँदै आएका छन्। यसअघि उनिहरुले चैत पहिलो साता पार्टी एकता गर्ने गरी तयारी गरेका भएपनि तयारी नपुगेको भन्दै बैशाखमा पार्टी एकता गर्ने तयारी थालेका छन्।
कार्यदलको र कार्यविधि
फागुनमा एकताका आधारहरूमा हस्ताक्षर गरेर सहमति गरेसँगै जनस्तरमा पार्टी एकता हुनेमा आशा पलाएको छ। पार्टी एकताका लागि यी दुई पार्टीले दुई कार्यदलसमेत बनाएका छन् । एकताका लागि एमाले–माओवादीबाट सम्मिलित ‘संगठन तथा विधान मस्यौदा कार्यदल’ र ‘राजनीतिक प्रतिवेदन कार्यदल’ बनाएका छन्। यी दुई कार्यदलले अहिले आफ्नो काम गरिरहेको दाबी गरेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यी दुई कार्यदललाई फागुन २५ भित्र आफ्नो काम सकेर चैत पहिलो साता पार्टी एकताको वातावरण तयार पार्न निर्देशन दिएका थिए। तर यी कार्यादलले समय कम भएको भन्दै १० दिन म्याद थप गर्न माग गरेका थिए। थपिएको म्याद सकिए पनि अहिलेसम्म यी दुई कार्यादलले आफ्नो काम पूरा गर्न सकेका छैनन्। यसअघि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भइसकेको छ। पार्टीको वैचारिक धार भने कार्यदलले तयार पर्ने बताइएको छ। पार्टी एकता लभगभ निश्चित भए पनि कहिले एकता हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन। ‘संगठन तथा विधान मस्यौदा कार्यदल’ले पार्टी एकता ऐतिहासिक दिन अप्रिल २२ का दिन गर्नुपर्ने सुझाव दिएको थियो। तर अप्रिल २२ मा पार्टी एकताको सम्भावना न्यून रहेको बताइएको छ।
माओवादी केन्द्रका एक नेताका अनुसार ‘राजनीतिक प्रतिवेदन’ समितिले तयार पारेको प्रतिवेदन दुवै दलका शीर्ष नेतालाई अध्ययनका लागि दिइसकेको र आइबतार बस्ने कार्यदलको बैठकले शीर्ष नेताको सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम टुंगो लगाइने जानकारी दिए। अब ११ गते आइतबार बस्ने कार्यदलको बैठकले सुझावसहित अन्तिम रूप दिने तयारी छ। संगठन तथा विधान मस्यौदा कार्यदलको पनि १२ गते बैठक बस्दै छ।’ उनले कम्युनिस्ट पार्टीको ऐतिहासिक दिन अप्रिल २२ मै एकता हुने गरी तयारी भइरहेको बताए।
राजनीतिक प्रतिवेदनमा पार्टीको भावी नीति, कार्यक्रम, सरकारको प्राथमिकता, कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि तथा समाजवादी क्रान्तिको बाटोमा कसरी अघि बढ्ने जस्ता विषय समेटिएको नेता उनले बताए। यस्तै, संगठन तथा विधान मस्यौदा कार्यदलले संगठन निर्माण, पार्टीको विधान तयार पार्ने बताइएको छ।
जनवर्गीय संगठनको निर्माण र व्यवस्थापन
यो समितिले जनवर्गीय संगठनको निर्माण, व्यवस्थापन, विधान तथा पार्टीको संगठन निर्माणका लागि प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ। कार्यदलले काम गर्दै गर्दा पनि सरकार विस्तार, अन्य दललाई सरकारमा ल्याउन गरिएको प्रयासले केही ढिला भएको माओवादी केन्द्रका एक नेताले बताए। उनले भने, ‘यी दुई कार्यदलले काम गरी नै रहेका छन्। सरकार विस्तार अनि मधेसी दलसँग अध्यक्षहरूको छलफलले गर्दा खासै चर्चामा नआएको हो। तर अप्रिल २२ मै पार्टी एकता हुनेमा हामी ढुक्क छौँ।’

Related posts

Leave a Comment