१४ वर्षीयाले बालिकाले पार्किङ्मै जन्माइन् बच्चा

भारतीय एक १४ वर्षीय बालिकाले पार्किङ्मा बच्चा जन्माएकी छिन् ।  भारतको चन्दीगढमा बस्ने किशोरीलाई आइतबार पेट दुखेपछि अस्पताल भर्ना गर्न लिइएको थियो । अस्पताल पुगेर उनीहरु गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए तब ती किशोरीले पार्किङमा नै ६ महिनाको प्रि–मेचुअर शिशुलाई जन्म दिइन् । शिशुको जन्मने बित्तिकै मृत्यु भयो । पुलिसले मुद्दा दर्ता गरेर आरोपीको पहिचानका लागि अनुसन्धान सुरु गरेको बताएको छ । यसबारे किशोरीसँग पनि सोधपुछ गरिएको छ तर बेलुकासम्म उनले केही पनि जानकारी नदिएको बताइएको छ ।
९ कक्षाकी छात्राः
स्रोतका अनुसार ९ कक्षाकी छात्रा उनी आफ्नो आमाबुवासँगै बस्दै आएकी थिइन् । आइतबार बिहानै किशोरीले आफूलाई अत्यधिक पेट दुखेको बताएपछि गाडी लिएर अस्तपाल पुगे । पार्किङमा गाडी राखेर पैदल हिँडिरहेका बेला उनलाई थप पीडा भयो । सहन नसक उनी भुइँमा बसिन् । त्यसको केही बेरमा किशोरीले शिशुलाई जन्म दिइन् । उक्त घटना सुरक्षागार्डले देखेपछि त्यहाँ डाक्टरको समूह पुगेको बताइएको छ ।
अचम्ममा आमाबाबु, भन्छन् हामीलाई थाहै थिएन
किशोरीका आमाबुवाका अनुसार उनीहरुलाई छोरी गर्भवती भएको थाहै थिएन । दुबै कामकाजी हुन् । उनी भन्छन्, ‘हामीलाई कसैमाथि शंका पनि छैन किनभने हामीले यस्तो होला भनेर कहिल्यै सोचेका थिएनौं । साथै, छोरीले पनि कहिले यसबारे केही पनि भनेकी छैनन् । हामी त उनको पेट किन दुख्यो भनेर उपचारका लागि आएका थियौं । हामी चकित छौं । थाहा छैन हामीबाट कहाँ र कसरी गल्ती भयो ।’
किशोरीलाई अस्पतालबाट डिस्चार्ज भइसकेको छ तर उनको रुटिन चेकअप भइराख्नुपर्ने बताइएको छ । साथै, किशोरीको काउन्सिलिङ पनि भइरहेको बताइएको छ ।

Related posts

Leave a Comment