आमा रोपाइँ गएको बेला घरमा आठ वर्षीया बालिका बलात्कृत

घरमा एक्लै भएको अवस्थामा अछाममा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । साँफेबगर नगरपालिकी बालिका आमा रोपाइँ गएको बेला बलात्कृत भएकी हुन् । उनलाइ्र्र घरमा २ बर्षकी बहिनी हेर्न बसालिएको प्रहरीले जनाएको छ ।

पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीया रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् ।

भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् ।पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको छ ।  बलात्कारको आरोप लागेका रेवन्त भने परिवारसहित भारत पसेका छन् ।

Related posts

Leave a Comment