१५ वर्षे किशोरी निरन्तर एक हप्तासम्म काठमाण्डौमै बलात्कृत

पछिल्लो समय बलात्कारका डरलाग्दा घटनाहरु सार्वजनिक भईरहेका छन् । बलात्कारमा संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्नु वा कडा कानुन नहुनु यस्ता घटना बढ्नुको रुपमा लिन सकिन्छ ।  देशको राजधानी काठमाडौंमै एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बौद्धिक अपाङ्गता भएकी किशोरीलाई चालक र सहचालकको समूहको पटक पटक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । झण्डै दुई साता बलात्कार गरेपछि उनीहरुले किशोरीलाई अढाइ सय रुपैयाँ हातमा राखेर छाडिदिएको खुलासा भएको छ ।
गत १७ फागुन साँझ १५ वर्षीय किशोरी कीर्तिपुरस्थित घरबाट निस्किएर बल्खु जानलाई बा २ ख ४५९५ नम्बरको गाडीमा चढिन् र पछाडिको सिटमा बसिन् ।

गाडीमा रहेका सबै यात्रु ओर्लिए पनि गाडी ललितपुरको हरिसिद्धीमा गाडीको पछाडिको सिटमा युवती निदाएको चालकले देखे र त्यहा चालक र सहचालकले सामूहिक बलात्कार गरे ।
भोलिपल्ट पनि उनीहरुले किशोरीलाई छाडेनन् । उनलाई बसुन्धरास्थित ग्यारेजमा र्पुयाएर पुनः बलात्कार गरे ।
साँझ ड्राइभरले किशोरीलाई गोदावरीस्थित कोठामा लगे । ‘त्यहाँ ६ दिनसम्म बन्धक बनाएर राखेर बलात्कार गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दिसा पिसाब पनि कोठाभित्रै बोटलमा गराएको देखिन्छ ।’ त्यो बोटल पनि प्रहरीले बरामद गरेको छ ।
२४ गते युवती त्यहाँबाट भागिन् । उनी आफ्नो घर पुग्न नपाउँदै भोलिपल्ट सह(चालकको फन्दामा परिन् । उनले पुनः चालकको कोठामा लगे र पटकपटक बलात्कार गरे ।

किशोरी हराएको दिन पनि उनी कोहीबाट बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीसँग काउन्सिलिङ गरेर सोधपुछ गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।
सहचालक पक्राउ

किशोरी हराएकै दिन १७ फागुनमा परिवारका सदस्यले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर, बलात्कृत भएर घरमा आएपछि अभिभावकले ३० फागुनमा अर्को जाहेरी दिए ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ र्गयो । सोही दिन भोला र चन्द्र कंलकीमा गाडी चलाइरहेकै बेला पक्राउ परेका हुन् ।
अर्का गाडीका चालक गड्तौला गौशालामा पक्राउ परे । सहचालक सन्तोष घिमिरे भागिसकेका रहेछन् ।
उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको छ । घटनामा संलग्न एक जना फरार छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Related posts

Leave a Comment