तरलता ब्यवस्थापनको लागि बैंकहरु सहकारी धाउँदै

केहि समय यता फेरि पनि बैंकहरुमा लगानीयोग्य पुँजी तरलता को अभाव देखिएको छ। तरलता ब्यवस्थापन गर्नका लागि बैकहरु बिभिन्न फरक फरक रणनितीहरु तयार पारी ब्यवस्थापनमा लागिपरेका छन्। पछिल्लो समय  सर्वसाधारण ग्राहकहरु  कर्जा नपाउने अवस्था देखिएपछि बैकहरु प्रतिको विस्वसनियता कमि भएको पाईन्छ।

यसैको फलस्वरुप बैंकहरु तरलता ब्यवस्थापनको लागि आकर्षक निक्षेपयोजना लिएर सहकारी संस्थाहरुमा धाउन थालेका छन्।ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् । बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका हुन।

पहिला सहकारी संस्थाहरु निक्षेप संकलन भएको रकम थोरै ब्याजदरमा भए पनि सुरक्षितसँग राखिदिनका लागि बैंक धाउनुपर्ने अवस्था थियो। तर, अहिले भने सहकारी संस्थामा गएर निक्षेप संकलन गर्न मौका दिन आग्रह गरिरहेका छन्। विगतमा सहकारी बैंकसम्म धाउँथे अहिले भने बैंक सहकारी संस्थासम्म नै रकम संकलन गर्ने अवसर दिनस् भन्दै आउने गरेका हुन।,

Related posts

Leave a Comment