वैदेशिक रोजगार विभागका महानिर्देशकलाई अख्तियारले पक्राउ गर्यो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई बुधबार पक्राउ गरेको छ ।

पाण्डेलाई अख्तियारको टोलीले मित्रपार्क चाबहिलस्थित उनको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्ऽेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।

वैदेशिक रोजगार विभागका दुई कर्मचारी लाख १० घुससहित पक्राउ

Related posts

One thought on “वैदेशिक रोजगार विभागका महानिर्देशकलाई अख्तियारले पक्राउ गर्यो

Leave a Comment